दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

देशको समग्र विकासमा पैरवी गर्न नेपाली सेना र पत्रकारहरु विच भेटघाट

९ भाद्र २०७३, बिहीबार ०३:२८


दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल्नपर्ने भूमिकाबारे छलफल गर्न नेपाली सेना र पत्रकारहरु विच परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको छ । 

देशको समग्र विकासमा नेपाली सेनाले खेल्ने भूमिका र यसको पैरवी तथा खबरदारीमा पत्रकारहरुले खेल्ने भूमिकाको तालमेल तथा मितबेयिता कायमका लागि परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको हो । जिल्लामा कृयाशिल विभिन्न मडियामा कार्यरत पत्रकारहरु र जिल्ला सदरमुकाम मान्ममा अवस्थीत श्री रणशुर गुल्मका सेनाहरुविच जिल्ला तथा राष्टको समग्र विकासमा आआफ्नो क्षेत्रबाट खेल्न पर्ने भूमिकाबारे पत्रकार र सेनाविच सूचना आदानप्रदान गरी एकिकृत तरिकाले पैरवी गर्न आजको आवश्यकता रहेकाले पत्रकारहरु संग भेटघाट कार्यक्रमको आयोजना गरिएको रणशुर गुल्मका गल्मपती राजु बस्यालले बताउनु भएको छ । जिल्लामा हुने विपद, कुरित तथा अन्य घटनाहरुबारे पहिला पत्रकारहरुलाई जानकारी हुने भएकाले पत्रकारहरुले तत्काल सेनालाई पनि शेयर गरी त्यसको ब्यवस्थापनको लागि सेनाले खेल्न पर्ने भूमिकाबारे तत्काल परिचालन हुन सजिलो हुने र नेपाली सेना प्रति कतिपय ब्यक्ति तथा समुदायमा परेको त्रासपूर्ण सोचाईहरु पत्रकार मार्फत नेपाली सेनाले देशको रक्षा तथा देश विकासमा खेल्ने भूमिकाबारे सूसुचित गराउन सजिलो होस् भन्ने हेतुले पत्रकारहरु संग भेटघाट कार्यक्रम गरिएको सेनानी बस्यालले बताउनु भयो । 

रणशुर गुल्ममा भर्खरै सरुवा भै आएको र जिल्लाको समग्र अवस्था यसको विकासमा सेनाले खेल्न सक्ने भूमिकाबारे बुझ्न पनि पत्रकारहरु संग भेटघाट कार्यक्रम गरिएको बस्यालले बताउनु भयो । भेटघातमा बोल्दै नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले जिल्लाको समग्र विकासको अवस्थाबारे बताउदै यसमा पत्रकारहरुले खेल्न पर्ने भूमिका र नेपाली सेनाले खेल्नु पर्ने भूमिका एकआपसमा सहकार्य गरेर लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । यस्तै रेडियो मालिका एफएमका स्टेशन म्यानेज खगेन्द्र भटराईले पत्रकारहरुको सानो सूचना तथा सन्देशले सिंगो समुदाय सूसुचितहुने भएकाले यसमा नेपाली सेनाले खेल्ने भूमिकाबारे सहकार्य गरेर यथार्थता प्रश्फुटन गराउन सबै संचार माध्यम प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…