दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

देशको समग्र विकासमा पैरवी गर्न नेपाली सेना र पत्रकारहरु विच भेटघाट

२०७३, ९ भाद्र बिहीबार ०३:२८


दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल्नपर्ने भूमिकाबारे छलफल गर्न नेपाली सेना र पत्रकारहरु विच परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको छ । 

देशको समग्र विकासमा नेपाली सेनाले खेल्ने भूमिका र यसको पैरवी तथा खबरदारीमा पत्रकारहरुले खेल्ने भूमिकाको तालमेल तथा मितबेयिता कायमका लागि परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको हो । जिल्लामा कृयाशिल विभिन्न मडियामा कार्यरत पत्रकारहरु र जिल्ला सदरमुकाम मान्ममा अवस्थीत श्री रणशुर गुल्मका सेनाहरुविच जिल्ला तथा राष्टको समग्र विकासमा आआफ्नो क्षेत्रबाट खेल्न पर्ने भूमिकाबारे पत्रकार र सेनाविच सूचना आदानप्रदान गरी एकिकृत तरिकाले पैरवी गर्न आजको आवश्यकता रहेकाले पत्रकारहरु संग भेटघाट कार्यक्रमको आयोजना गरिएको रणशुर गुल्मका गल्मपती राजु बस्यालले बताउनु भएको छ । जिल्लामा हुने विपद, कुरित तथा अन्य घटनाहरुबारे पहिला पत्रकारहरुलाई जानकारी हुने भएकाले पत्रकारहरुले तत्काल सेनालाई पनि शेयर गरी त्यसको ब्यवस्थापनको लागि सेनाले खेल्न पर्ने भूमिकाबारे तत्काल परिचालन हुन सजिलो हुने र नेपाली सेना प्रति कतिपय ब्यक्ति तथा समुदायमा परेको त्रासपूर्ण सोचाईहरु पत्रकार मार्फत नेपाली सेनाले देशको रक्षा तथा देश विकासमा खेल्ने भूमिकाबारे सूसुचित गराउन सजिलो होस् भन्ने हेतुले पत्रकारहरु संग भेटघाट कार्यक्रम गरिएको सेनानी बस्यालले बताउनु भयो । 

रणशुर गुल्ममा भर्खरै सरुवा भै आएको र जिल्लाको समग्र अवस्था यसको विकासमा सेनाले खेल्न सक्ने भूमिकाबारे बुझ्न पनि पत्रकारहरु संग भेटघाट कार्यक्रम गरिएको बस्यालले बताउनु भयो । भेटघातमा बोल्दै नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले जिल्लाको समग्र विकासको अवस्थाबारे बताउदै यसमा पत्रकारहरुले खेल्न पर्ने भूमिका र नेपाली सेनाले खेल्नु पर्ने भूमिका एकआपसमा सहकार्य गरेर लाग्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । यस्तै रेडियो मालिका एफएमका स्टेशन म्यानेज खगेन्द्र भटराईले पत्रकारहरुको सानो सूचना तथा सन्देशले सिंगो समुदाय सूसुचितहुने भएकाले यसमा नेपाली सेनाले खेल्ने भूमिकाबारे सहकार्य गरेर यथार्थता प्रश्फुटन गराउन सबै संचार माध्यम प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने