भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार म"/>
२०८२, २१ चैत्र शनिबार
ओखलढुङ्गा - OKL

ढुंगाना सहित चार पत्रकार पुरस्कृत

२०७३, ११ भाद्र शनिबार ०२:०५

भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार महासंघले ओखलढुंगाका शिव ढुंगानासहित तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघले युनेस्कोको सहयोगमा पत्रकारिता क्षेत्रमा सुचनाको हक प्रयोग सम्बन्धी उत्कृष्ट फिचर लेख्नेमध्ये ढुंगानासहितका चार जना पत्रकारलाई पुरस्कृत गरेको हो । ओखलढुंगामा रहेर एक दशकदेखी पत्रकारिता गर्दै आएका ढुंगाना प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

महासंघले संचालन गरेको तालिममा सहभागीमध्ये एक सय जनाले लेखेको समाचारबाट उत्कृष्ट चार जनालाई छनौट गरि पुस्कृत गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले बताउनुभयो ।

सुचनाको हक प्रयोग गरेर समाचार लेखनमा १ सय जना सहभागीमध्ये उज्यालोकर्मी ढुंगानासहित राजधानी दैनिकका डिल्ली आचार्य, नागरिक दैनिकका चादनी हमाल र अञ्जली थापालाई जनही नगद १५ हजार रुपैंया र प्रमाण पत्र प्रदान गरिएको छ । महासघको केन्द्रिय कार्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष  डा. महेन्द्र विष्टले नगदसहित प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै  अध्यक्ष विष्टले सुचनाको हक पत्रकारका लागि मात्र नभइ लोकतन्त्रको प्राणवायु भएको बताउनुभयो । उहाँले सबै पत्रकारहरुले सुचनाको हक प्रयोग गरेर आम नागरिकलाई सुसुचित गराउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै पुरस्कृत पत्रकारहरुले सुचनाको हक प्रयोगबाट सहि सुचना लिन सकिने र समाचारको प्रभावकारीता बढ्ने गरेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने