भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार म"/>
२९ पुष २०८२, मंगलवार
ओखलढुङ्गा - OKL

ढुंगाना सहित चार पत्रकार पुरस्कृत

११ भाद्र २०७३, शनिबार ०२:०५

भदौ ११, ओखलढुंगा | नेपाल पत्रकार महासंघले ओखलढुंगाका शिव ढुंगानासहित तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघले युनेस्कोको सहयोगमा पत्रकारिता क्षेत्रमा सुचनाको हक प्रयोग सम्बन्धी उत्कृष्ट फिचर लेख्नेमध्ये ढुंगानासहितका चार जना पत्रकारलाई पुरस्कृत गरेको हो । ओखलढुंगामा रहेर एक दशकदेखी पत्रकारिता गर्दै आएका ढुंगाना प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

महासंघले संचालन गरेको तालिममा सहभागीमध्ये एक सय जनाले लेखेको समाचारबाट उत्कृष्ट चार जनालाई छनौट गरि पुस्कृत गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले बताउनुभयो ।

सुचनाको हक प्रयोग गरेर समाचार लेखनमा १ सय जना सहभागीमध्ये उज्यालोकर्मी ढुंगानासहित राजधानी दैनिकका डिल्ली आचार्य, नागरिक दैनिकका चादनी हमाल र अञ्जली थापालाई जनही नगद १५ हजार रुपैंया र प्रमाण पत्र प्रदान गरिएको छ । महासघको केन्द्रिय कार्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष  डा. महेन्द्र विष्टले नगदसहित प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै  अध्यक्ष विष्टले सुचनाको हक पत्रकारका लागि मात्र नभइ लोकतन्त्रको प्राणवायु भएको बताउनुभयो । उहाँले सबै पत्रकारहरुले सुचनाको हक प्रयोग गरेर आम नागरिकलाई सुसुचित गराउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै पुरस्कृत पत्रकारहरुले सुचनाको हक प्रयोगबाट सहि सुचना लिन सकिने र समाचारको प्रभावकारीता बढ्ने गरेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…