२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तकोशी नगरपालिका कार्यालय तोडफोड

८ फाल्गुन २०७८, आईतवार १५:५७

फागुन ८, सप्तरी । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आज एक विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायत कार्यालयका समान तोडफोड गरेको जानकारी दिनुभयो ।

कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आज पुनः ताला लगाउन जाँदा घटना भएको हो ।

प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।

नगर प्रमुख शर्माले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताउनुभयो । सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उहाँले बताउनुभयो ।

माग गरिएको खर्च विवरण नगरपालिकाले एक सातामै तयार पारे पनि लिन बोलाउँदा कोही नआएको जानकारी दिनुहुँदै नगरप्रमुख शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाइ वार्तामार्फत समस्या समाधान गर्न पटक–पटक मौखिक र अन्तत लिखित रुपमै विवरण लिन बोलाए पनि नआएको जानकारी दिनुभयो । वार्ताबाट समाधान हुने परिस्थितीमा कार्यालयमा ढुङ्गामुडा गरी नियोजितरुपमा क्षति पुर्याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पुर्याउनु निन्दनीय रहेको नगरप्रमुख शर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान