२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव

२०७८, १३ फाल्गुन शुक्रबार ०६:१२

फागुन १३, काठमाडौं । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो ।

इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । 

आदिवासी सङ्ग्रहालय  अलपत्र

नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आदिवासी सङ्ग्रहालय निर्माण  अलपत्र बनेको छ ।

महासङ्घले दमक नगरपालिका–८ बालुवाटार क्षेत्रमा रहेको नौ कट्ठा जमिनमा पाँच वर्षदेखि सङ्ग्रहालय निर्माण थालिए पनि बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बन्न पुगेको हो । 

महासङ्घले स्थानीय तथा नगरपालिकासँग सहयोग जुटाएर जग्गाको व्यवस्थापन गरेको थियो । तर जग्गा प्राप्तिसँगै प्रारम्भिक चरणका काम सुरु भए पनि बजेटसँगै नामकरण विवादले निर्माणाधीन योजना अलपत्र बन्न पुगेको आदिवासी अगुवाले बताएका छन् । 

नगरपालिकाले एकतर्फी रुपमा सङ्ग्रहालयलाई दुई वर्षअघि ‘बहुजातीय सङ्ग्रहालय’ नामकरण गरी भाँजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।

महासङ्घ झापा जिल्ला समन्वय परिषद्का पूर्वाध्यक्ष पारशमणि राईले महासङ्घले सुरु गरेको कामले सुरुआत हुनै नपाउँदा नगरपालिकाले त्यसमा भाँजो हाल्ने काम शुरु गरेको आरोप लगाउनुभयो । आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासङ्घले सङ्ग्रहालय बनाउने लक्ष्य राखेर काम सुरुआत गरिए पनि नगरपालिकाले भाँजो गरेर काम प्रभावित बनाएको उहाँको भनाइ छ । 

दमक नगरपालिकाले दमक –९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघि नै परिवर्तन गरी दमक सभागृह बनाएको छ । त्यहाँ स्थानीयवासीले उपलब्ध गराएको करिब एक बिघा जमिनमा पाँच वर्षदेखि प्रदेशकै गौरवका रुपमा सभागृह निर्माणाधीन अवस्थामा छ ।

निर्माणको आधा काम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो । सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आए पनि नगरपालिकाले त्यसबारे बेखबर बनेको छ । 

जनता समाजवादी झापाका अध्यक्ष दीपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावनामाथि खेलबाड गर्न उद्यत भएको आरोप लगाउँदै आदिवासी जनजातिको पहिचानमाथि आक्रमण गर्ने, बलजफ्ती गर्ने कार्य कसैले गर्नु नहुने बताउनुभयो  । 

मोबाइल व्यवसायीले गरे रक्तदान

दमक मोबाइल व्यवसायी सङ्घले आफ्नो नवाँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित रक्तदानमा ५० युनिट रगत सङ्कलन भएको छ । 

स्थानीय गणतन्त्र चौकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक होमनाथ सापकोटाले जानकारी दिनुभयो । बिरामीलाई रगतको अभाव हुन नदिन सङ्घले बर्सेनि आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिआएको अध्यक्ष भेनस श्रेष्ठले बताउनुभयो । रक्तदानमा सहभागीलाई प्रशंसापत्रसमेत वितरण गरियो ।

यसैगरी स्थापना दिवसकै अवसरमा आज नै दमक–४ स्थित ताराबारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामग्री हस्तान्तरण गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे