२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

लागत खर्च जुटाउन नसकेर लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

२२ फाल्गुन २०७८, आईतवार ०७:४८

फागुन २२, गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ ।

लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले बताउनुभयो ।

“सुरुङ मार्गको सर्वे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ, सुरुआती प्रक्रियामा मात्रै रु साढे चार लाख खर्च भएको छ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो, “स्रोत जुटाउन नसक्ने अवस्था देखिएपछि सुरुङ मार्ग सर्वेको काम अगाडि बढाउन सकिएन, सुरुङ मार्ग यहाँका लागि अति महत्वपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भयौं ।” 

जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पका रुपमा लिइएको सुरूङमार्गका बारेमा प्रदेश र सङ्घीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इञ्जिनीयर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनका आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिराको सम्भावनासमेत रहेको बताएको थियो ।

फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन रु १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले वडाध्यक्ष छन्त्याल उक्त प्रस्तावलाई  गाउँपालिकाबाट पारित गराइ प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत  विनियोजन गर्न सफल हुनुभएको थियो ।

गुर्जा सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको छ । लुलाङबाट देउरालीको उकाली ओराली हुँदै गुर्जा पुग्न आठ घण्टा लाग्ने गर्छ । यस्तो दुर्गम ठाउँलाई सुरङ मार्गमार्फत करिब आधा घण्टाको दूरीमा जोड्न सकिने सम्भावना रहेको भए तापनि लगानीको अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकामा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य