भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उर्दु उच्च शिक्षाको माग

१२ भाद्र २०७३, आईतवार ०९:०२

भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो गर्दै नेपाल सरकारसंग उच्च शिक्षा व्यवस्था मिलाउन माग गरेको हो ।

जिल्लामा प्राथमिक तहसम्मको उर्दु शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केहि विद्यार्थीहरु भारततिर लाग्न गर्दछन् भने अधिकांश विद्यार्थीहरु उर्दु उच्च शिक्षाबाट बन्जित हुदै आएका छन् । धार्मिक शिक्षाका लागि सम्पन्नशाली विद्यार्थीहरु छिमेकी राष्ट्र भारत गई कठिनाईका साथ शिक्षा हासिल गर्नुपर्ने अवस्था छ भने अधिकांश गरिब विद्यार्थीहरु शिक्षाबाट बन्जित हुदै भारत र विदेश पलायन हुनु पर्ने अवस्था छ । सदरमुकाम परासीमा आयोजित हजयात्रीलाई बधाई ज्ञापन कार्यक्रममा जिल्लाका धर्मावलम्बीहरुले, विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन रोक्न नेपाल सरकारसंग नेपालमा पनि उर्दु र आरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन यसै मन्चबाट आग्रह गरेका छन् ।

त्यसैबिच जिल्ला प्रशासन कार्यालयको लापरर्वाहीले यसवर्ष अधिकांश हजयात्रीहरु हजबाट बन्जित भएपछि जिल्लामा प्रशासनको चर्काे विरोध भएको छ । केन्द्रिय हज कमेटीले तोकेको समयभित्र २० जना हजयात्रीले जिल्ला प्रशासनमा आवेदन, पैसा र सम्पुर्ण कागजात बुझाईसक्दापनि प्रशासनले लापर्वाहि गर्दै काजगातहरु २५ दिन ढिलो सम्बन्धित निकाय पठाउँदा हजायात्री हजबाट बन्जित भएको मदरसा शिक्षक संघले आरोप लगाएका हुन् ।

विभिन्न राजनितिक दल, संघसंस्था र संचार माध्यमको चौतर्फि दबाबले हज कमेटीले जिल्लामा ५ वटा हजकोटा मिलाएको छ । कार्यक्रममा ति हजयात्रीहरुलाई बधाई ज्ञापन गर्दै अबदेखि प्रशासनले यसरी हजयात्रीहरु संग खेलवाड नगर्ने संघले चेतावनीे  दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…