बर्दियामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

साझासवाल
1 Min Read

<p>चैत १४, बर्दिया । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।&nbsp;<br></p><p>मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ । लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।&nbsp;</p><p>मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply