दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण "/>
२०८२, २१ चैत्र शनिबार
कालिकोट - KLK

एक हजार ग्रेजुएट्स यूवाद्धारा एयर एम्बुलेन्स सेवा अभियान सुरु

२०७३, १४ भाद्र मंगलवार ०१:५८

दलसिंह गिरी | भदौ १४, कालिकोट | छिटो र छरितो यातायात साधन अभावका कारण विरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको घटनाहरु दिन-प्रतिदिन संचार माध्यममा आइरहेका बेला केही नेपाली यूवाहरुले एयर एम्बुलेन्स सेवा संचालन अभियान अगाडी सारेका छन् । नेपालभरका १ हजार ग्रेजुएट्स युवा समुहको सक्रियतामा एयर एम्बुलेन्स सेवा दर्ता गरी संचालन प्रक्रियामा अगाडी सरेका हुन् ।

आफ्नो घरपरिवार आफन्त छाडेर रोजगारको शिलशिलामा विदेशतिर हानीने यूवाहरु विभिन्न घटनाका कारण विदेशमै लास बनेर बाकसमा प्याक भै नेपाल फर्किने विडम्बनालाई न्यूनिकरण गर्न तथा विबिध कारणले नेपाल तथा बाह्य मुलुकमा घट्ने मानविए घटनालाई न्यूनिकरण गर्न १ हजार ग्रेजुएट्स अभियान द्धारा सूसुचित गराउन साथै अकालमा ज्यान जाने प्रबृतिलाई एयर एम्बुलेन्स सेवा मार्फत  न्यूनिकरण गर्न यो अभियान थालिएको अभियान्ता अशोक नाथ योगीले बताउनु भएको छ । 

एयर एम्बुलेन्स सेवा दर्ता प्रक्रिया सकिसकेकाले अब अन्य प्रक्रियाका लागि राष्ट्रिय, तथा अन्र्तराष्ट्रिय स्तरका अस्पताल र मेडिकल कलेजहरुसंगको सहकार्यका लागि छलफल प्रक्रिया अगाडी बढेको योगीले बताउनु भएको छ । दिनानुदिन बढ्दै गएको आपत्तकालिन बिपत्त तथा दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि स्वास्थ्य क्षेत्रमा काम गर्ने यूवाहरुको पहलमा तत्काल ५ स्थानमा स्टेशन रहने गरी हिमालायन कर्नाली हस्पिटलको अभियानलाई समेत अगाडी बढाएको अभिन कर्ता योगीले बताउनु भएको छ । 

यस्ता विभिन्न सेवामुखि अभियानको थालनी गरी स्वदेशमै कम्तिमा १० हजार बेरोजगार नेपाली यूवाहरुलाई आत्मनिर्भर बनाउने गरी १ हजार ग्रेजुएट्स यूवा अभियान थालनी गरिएको अभियान्ता हरुले बताएका छन् । हिमाल, पहाड, तराईमा हावापानी सुवाउदो र नेपाली लाई आत्मनिर्भर गराउने अभियानमा सबै सचेत युवाहरु एक जुट भएर लाग्न अबको आवश्यकता भएकाले हातेमालो गर्न अभियान्ताहरुले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने