भदौ १४, ललितपुर । सबारी साधनको भाडादरबारे जानकारी दिन ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले यात्रुलाई सजग गराउने भएको छ ।  

जिल्लाका मुख्य चोकमा सम्बन्धित स्थानको दूरी र भाडादर ठूलो होर्डिङ बोर्डमा देखिने गरी टाँस्ने परिसरका प्रमुख ९प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, ललितपुर । सबारी साधनको भाडादरबारे जानकारी दिन ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले यात्रुलाई सजग गराउने भएको छ ।  

जिल्लाका मुख्य चोकमा सम्बन्धित स्थानको दूरी र भाडादर ठूलो होर्डिङ बोर्डमा देखिने गरी टाँस्ने परिसरका प्रमुख ९प"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

भाडादरका सम्बन्धमा यात्रुलाई सजग गराउँदै प्रहरी

१४ भाद्र २०७३, मंगलवार ०७:०४

भदौ १४, ललितपुर । सबारी साधनको भाडादरबारे जानकारी दिन ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले यात्रुलाई सजग गराउने भएको छ ।  

जिल्लाका मुख्य चोकमा सम्बन्धित स्थानको दूरी र भाडादर ठूलो होर्डिङ बोर्डमा देखिने गरी टाँस्ने परिसरका प्रमुख ९प्रहरी निरीक्षक० सीताराम हाछेथुले बताउनुभयो । 

उहाँले भन्नुभयो – “केही शिक्षित यात्रु सजग भए पनि अधिकांश यात्रु भाडादरका विषयमा सजग नहुँदा ठगिइरहेका छन् । होर्डिङ बोर्ड देखिने ठाउँमा राख्दा यात्रुसँगै चालक÷सहचालकसमेत सचेत हुन्छन् । ” 

पहिले यात्रुलाई कहाँदेखि कहाँसम्मको दूरी र भाडाबारे जानकारी भयोभने उनीहरुमा उजुरी गर्ने बानी बस्ने र यसबाट आफूहरुलाई कारबाही गर्न सजिलो हुने उल्लेख गर्दै प्रहरी निरीक्षक हाछेथुले उजुरी आउनासाथ तत्काल कारबाही गर्ने बताउनुभयो । 

यात्रु बढी हुने मार्गलाई लक्षित गरेर लगनखेलबाट रत्नपार्क चापागाउँ, गोदावरी, लुभू, टीकाथलीलगायतका मार्गको भाडादरको जानकारी गराउन विभिन्न स्थानमा होर्डिङ बोर्ड देखिने गरेर राखिने छ । 

पहिलो चरणमा यात्रुको जानकारीका लागि लगनखेल, सातदोबाटो, चापागाउँ दोबाटो, ग्वार्खो, एकान्तकुनालगायतका चोकमा होर्डिङ बोर्ड राखिने त्यसपछि सवारी साधनमा देखिने गरी टाँसिनुका साथै यात्रुका हातमा पनि पम्प्लेट दिएर सजग गराउन गराइने छ । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासङ्घ बीच भएको सहमतिअनुसार गत वर्षको माघमा भाडादर सार्वजनिक भएको थियो । तर सार्वजनिक सवारीले तोकिएभन्दा बढी भाडादर लिएको यात्रुको गुनासो बढेपछि ट्राफिक प्रहरी यो अभियानमा लोगको हो । । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला