2026-09-07 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छथर गाउँपालिकाद्वारा एकल पुरुषलाई मासिक एक हजार भत्ता

चित्र २४, तेह्रथुम | आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान‍्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।

हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् ।

विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । 

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । थोरै भए पनि भत्ता पाउँदा राज्यले एकल पुरुषलाई राज्यले सम्बोधन गरेको छथर गाउँपालिका-१ का मनीकुमार लिम्बुले बताए । उनी भन्छन्, ‘हामी एकल हुँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनौं । स्थानीय सरकार आएपछि हामी जस्ता एकल पुरुषलाई वार्षिक रूपमा भए पनि भत्ता दिन सुरु गरेकोमा खुसी छौ ।’

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताए । 

विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । लोकप्रियताको लागी नभई  राज्य भएको प्रत्युत्तर दिने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘ज्येष्ठ नागरिकहरूको सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो,’ अध्यक्ष तिगेलाले भने । 

केन्द्र सरकारले ६० वर्षमाथिका दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकहरूको हकमा ७० वर्ष पुरा भएपछि मात्रै सामाजिक सुरक्षा भक्त दिँदै आएको बेला छथर गाउँपालिकाले नेपाल इतिहासमा पहिलो पटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको १ नम्बर प्रदेश सांसद लछुमन तिवारीले बताए । 

ज्येष्ठ एकल पुरुषलाई स्थानीय सरकारले औषधि उपचार तथा स्वास्थ्य परीक्षणका लागि  स्थानीय सरकारले सम्मानसहित नगद प्रदान गरेको सांसद तिवारीले धन्यावाद व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो