२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा विनाशकारी भूकम्पबाट आयोजनामा ७९ लाख क्षति

१४ मंसिर २०७२, सोमबार ०३:१३

हेमनाथ खतिवडा/मङ्सिर १४, रसुवा । विनाशकारी भूकम्पका कारण
साना किसान तथा उद्यमीहरुको आयोजनाहरूमा ७९ लाख ८ हजार ४ सय ५४ रूपियाँको क्षति भएको छ । धुन्चेका भएको
छलफलमा किसानहरुले क्षति बिबरण सुनाएका हुन् ।

जिल्लामा
सञ्चालित ४३ ओटा उप–आयोजनामा पशुपंक्षी (माछा समेत)मा ४३ लाख १० हजार, तरकारीमा ३ लाख ७५ हजार र भौतिक
पूर्वाधार निर्माणमा ३२ लाख २३ हजार ४ सय ४५ रूपया गरी ७९ लाख वरावरको क्षति भएको वरिष्ठ पशु चिकित्शक
डा डिल्लीराम सेढाँइले जानकारी दिए । भर्खरै लागानी गरेको आयोजनाले धेरै क्षति ब्यहोर्नु परेको बताउँदै
, सरकारले आयोजना पुर्न निर्माणमा ध्या नदिएको कृषकहरुले गुनासो गरे ।

उपआयोजनाहरूमा हालसम्म ५
करोड ९८ लाख २९ हजार रकम लगानी भैसकेको छ । जसमा हिमाली आयोजनाको तर्फबाट ४ करोड ६६ लाख २० हजार अनुदान
प्रदान गरेको छ भने १ करोड ३२ लाख ९ हजार रुपियाँ व्यवसायी आफैले लगानी गरेका थिए । हिमाली आयोजनाका
धनराम प्रधानले यस अघि पनि ८० र ५० प्रतिसत आयोजनाले सहयोग गरेकोमा क्षतीको पनि ८० प्रतिसत नै सहयोग
गर्ने बताए ।

चौरी,याक नाक पालन ७ ओेटा, चिराइतो खेती विस्तार १० ओटा, उन्नत गाई पालन तथा दुध
उत्पादन१ ओटा, डेरी एक ओटा, बाख्रा पालन तथा मासु उत्पादन १४ ओटा, रेन्वो ट्राउट माछा पालन ५ ओटा, भेडा
च्यांग्रा पालनमा २ ओटा, तरकारी खेतीमा १ र वंगुरपालनमा १ गरी ४३ ओटा प्रस्तावना स्विकृत भैई कार्य समेत
अघि बढिसकेको छ ।

रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने
विभिन्न कृषक तथा पशुपालकहरुले २०७१ फागुन १७ सम्म जिल्लामा ३ सय ११ ओटा प्रस्तावना दर्ता गराएका थिए ।
जसमा २ जनाले प्रस्तावना फिर्ता लगेका थिए भने एउटा कोड दोहोरिएकाले फिर्ता भएको थियो । आयोजनामा
मुल्याङकनको लागि ३ सय ९ ओटा प्रस्तावना पठाइएको वरिष्ठ पशु चिकित्शक डिल्लीराम सेढाइले जानकारी दिनुभयो

सञ्चालित उपआयोजनाबाट २ हजार २ सय १० जना आंशिक र ७६ जना
पूर्णकालीन रुपमा किसानहरुले रोजगार पाएका छन् भने ३८ लाख रुपैंयाँ बराबर प्रतिफल भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…