१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मियाँ गाउँको कथा : धरापमा छन् ओत लाग्ने घरहरू

२९ चैत्र २०७८, मंगलवार १०:३८

चैत्र २९, तनहुँ | भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सुचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ । 

भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् । ‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझै पनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

मोहमदको घरसँगै जोडिएको छ महम्बद हक्की बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको छानो खसेर बुल्लाकी श्रीमती नाजिया निशा घाइते भइन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो ।  त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाए पनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन् उनलाई । ‘बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन्’, उनले भने । ठूलो पानी पर्दा त घरै भत्कने डरले सताउने गरेको उनी बताउँछन् ।  ‘सानसाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ । 

नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भूकम्पले भत्किएका घर, जनता आवासमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन । त्यसैले मागेको पनि छैन’, बुल्लाले भने ।

अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ । तर, ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ ।  जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाउन अनुदान पाउने सूचीमा नाम परेको जनप्रतिनिधीले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन । आश पनि मरेको छैन । खरले छाएको घर जीर्ण भएर बर्खामा गर्ल्यामगुर्लुम ढल्ने धरापको स्थिति भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा वर्ष बितेको छ । अनुदान कहिले आउँछ उनलाई पत्तो छैन । ‘बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडि थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे ।’ 

मियाँ गाउँमा ७३ घर छन् । तीमध्ये दर्जन बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् केही पुरानो भएर जीर्ण देखिन्छन् । छानोमा जस्ता हाले पनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरै जसो । 

भूकम्पको लाभग्राहीको सूचीमा परेकाले पनि अनुदानले मात्र नपुग्ने भएपछि घर बनाउन थालेर बीचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चले पनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ । तर, तीन तहकै सरकारको नजर पुगेको छैन मियाँ गाउँमा ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल