१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

योजनाका सम्झौताको लागि हिउँ छिचोल्दै सिमकोट पुगे लिमीका स्थानीय

२९ चैत्र २०७८, मंगलवार १३:१४

चैत्र २९, सिमकोट | बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन् ।

लिमीबाट तीन दिन हिँडेर उनीहरू सदरमुकाम सिमकोट पुगेका हुन् । आफूहरूले सो क्रममा ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको लिमी तिल गाउँका स्थानीय सोनाम तामाङले बताए ।

साउन मैनादेखि लागुहुने आर्थिक वर्ष चैत महिना सकिनै लाग्दा यस वर्ष निर्माण गर्नुपर्ने तीन वटा विकासे योजनाको सम्झौताका लागि नारा लेखको चार फिटको  हिउँ छिचोलेर आउनु आफूहरूको बाध्यता भएको उनले बताए ।

तामाङसहित हल्जी गाउँबाट तीन जना प्रदेश सरकारअन्तरगत भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा सञ्चालन हुने चौरी स्रोत केन्द्रको विस्तार योजनाको सम्झौताका लागि आइपुगेका हुन् ।

यो चालु आर्थिक वर्ष चौरी स्रोत केन्द्रका योजनाका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पचास लाख बजेट विनियोजित भएको छ ।

समयमा बजेट सम्झौता नभरे सबै बजेट फ्रिज हुने सम्भावना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय भनेपछि आफूहरू हिउँको प्रवाह नगरी जोखिम पूर्ण यात्रा गरेर सदरमुकाम आएको उनीहरूको भनाइ छ ।

तीन गाउँ रहेको लिमी गाउँका तिल गाउँबाट पनि विद्युत् योजनाको सम्झौताका लागि तीन जना आएका छन् । जाङ गाउँबाट सडक निर्माणको योजनाका लागि पनि तीन जनाको टोली आएको छ।

आउँदै गरेको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि योजना सम्झौला ढिलो गर्दा काम गर्न नसकिने भएको कारण नाम्खा गाउँपालिका लिमीका स्थानीय योजनाका लागि सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

नाम्खा गाउँपालिका लिमी गाउँमा बसेको उपभोक्ता समितिको बैठकले चालु आर्थिक वर्षको योजना सम्झौताका लागि टोली सदरमुकाम पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ? कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका अछामको किशोरी मृत्यु प्रकरण: ढकारी गाउँपालिकाकाकै दुई किशोर पक्राउ काठमाडौँको नैकापमा २७ वर्षीय युवक मृत फेला रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताका लागि फाइल तयार सुप्रिम सहकारी ठगी प्रकरण : करोड धरौटी बुझाएर छुटे रवि