२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दुर्घटना घाइते भएका १२ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार हुँदै

२०७८, २९ चैत्र मंगलवार १४:२१

चैत्र २९, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् ।

घाइते हुनेमा हिमा गाउँपालिका-४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका-७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका-२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन् । 

त्यस्तै  हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका-३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका-२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन् । 

त्यस्तै सिजागाउँपालिका-३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका-४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।  

त्यस्तै तिलागाउँपालिका-८ का ३० वर्षीय धनलाल बस्नेत र तिला-१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ ।

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले  घाइते १२ जना मध्य ४जनाको अवस्था  गम्भीर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ । 

केही यात्रुलाई गम्भीर चोट लागेको छ । उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति