४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते

३० चैत्र २०७८, बुधबार १०:२७

चैत्र ३०, ओखलढुङ्गा | ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् । 

सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७  च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे  भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । 

दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ