१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जब टिपर यात्रुवाहक बस ठोक्कियो:

३० चैत्र २०७८, बुधबार ११:५६

चैत्र ३०, तनहुँ | तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो ।  

सडकमा दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली दुर्घटनास्थलमा तत्कालै पुग्यो । दुर्घटनास्थल पुगेसँगै प्रहरीले सबैभन्दा पहिले टिपर चालकलाई नियन्त्रणमा लियो । प्रहरीसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँको टोली पनि दुर्घटनास्थलमा पुग्यो । प्रहरी र रेडक्रसको टोलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार थाल्यो । सडक छेउमा त्रिपाल विछ्याएर उद्धार गरेकालाई राखियो । घाइतेहरू ऐया र आथ्थु गर्दै चिच्याउँदै थिए । त्रिपालमै राखेर घाइतेहरूको पूर्व प्राथमिक उपचार गरियो । स्थानीय तीनवटा एम्बुलेन्सको सहयोगमा घाईतेहरूलाई दुलेगौँडा बजारमा रहेको तनहुँ सेवा हस्पिटलमा पुर्‍याइयो ।

हस्पिटलमा ल्याएपछि घाइतेमध्ये दुई जनाको मृत्यु भयो । चारजना गम्भीर घाइते भए ।  पाँचजना सामान्य घाइते भए । तिमध्ये दुई जना सामान्य घाइते उपचारपश्चात डिस्चार्ज भए । दुर्घटनामा घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजानीको प्रयास गरे । प्रहरी प्रशासन मुर्दावादको नारासमेत लगायो केहीबेर आक्रोशित भिडले । प्रहरीमाथि हातपातसमेत भयो । प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको वार्तामा घाइते र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने सहमति भयो । त्यसपछि क्रेनको सहायताले टिपरलाई हटाएर सडक सुचारु गरियो ।

बुधबार दिउँसो ठुलढुंगामा भएको यो दुर्घटना वास्तविक हाेइन, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दृश्य थियो । वार्षिक कार्य योजनाअनुसार अभ्यास गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । बर्सेनि एक पटक प्रदेशको कुनै एक जिल्लामा यस्तै नमुना अभ्यास गर्दै आइरहेको उनले बताए । सर्वसाधरणमा सचेतना फैलाउनलाई नमुना अभ्यास गर्ने गरेको उनले बताए ।

'दुर्घटनामा उद्धार गर्नलाई फिल्डमा पर्ने समस्याहरू, हामीले गर्नपर्ने समन्वयको पाटो र के कस्ता समस्याहरू रहन्छन् भनेर नियमन निकायलाई समेत सहभागी गराएर जानकारी गराउँछौँ । सर्वसाधरणलाई पनि दुर्घटना हुँदा कसरी उद्धार गरिन्छ ? के-के साधान र स्रोतको प्रयोग गरिन्छ भनेर देखाउनलाई नमुना अभ्यास हुन्छ’, उनले भने ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विकले दुर्घटनामा घाइतेको उद्धारमा प्रहरीले खेल्ने भूमिका प्रशंसनीय रहेको बताए । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको उनले बताए । सवारी चालकले सवारी नियमको पालन नगर्दा अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘मान्छेको जीवन सवारीमा चढेपछि चालकको हातमा हुन्छ । चालकले बडो जिम्मेवारीपूर्ण ढंगबाट चलाउनुपर्छ’, उनले अगाडि थप्दै भने, ‘कहिलेकाहिँ चालकले मदिरा सेवन गरेर चलाइदिने, जिम्मेवार नभइकन हेलचक्रयाइँ गरेर चलाइदिँदा सवारी दुर्घटनामा थुप्रैको ज्यान गएको छ ।’ 

सवारी चालकलाई लाइसेन्स लिँदाको बखतमा परीक्षा लिएझैँ बेलाबखतमा तालिम दिन जरुरत रहेको मन्त्री विकले औँल्याए । उनले सवारीको गति जति कम भए दुर्घटनाको सम्भावना उति नै कम हुने उल्लेख गरे । दुर्घटना भएपछि उद्धारमा प्रहरीसँगै सर्वसाधरणले पनि भूमिका खेल्नुपर्ने मन्त्री विकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल