२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा कालाेबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री

२०७९, ९ बैशाख शुक्रबार ०८:५२

 वैशाख ९, जुम्ला |  जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ  । होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेका भेटिएका छन् । साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनकाे ध्यान जान सकेकाे छैन ।  

खुलेआम व्यापारीहरूले कालाेबजारी र म्याद गुज्रिएकाे सामान बेच्ने गरेकाे भन्दै प्रशासनकाे कडा आलाेचना भएपछि बल्ल बजार अनुगमन गरिएकाे छ ।सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको  जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन् । 

बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसाेपेय पदार्थसहित बस्तुकाे म्याद सकिएको भेटिएको थियो । 

जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव  नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका  खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए ।

हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति