भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ ।
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा सर्पदंशको कारण बालकको ज्यान गयो

२०७३, १५ भाद्र बुधबार ०९:३१

भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ ।

मंगलबार विहान साथीहरुसँग खेल्ने क्रममा सर्पले टोकेको हुन सक्ने पारिवारिक आशंका रहेको छ । खेलेर आएपछि स्कूल जान तयारी गरिरहेको अवस्थामा अचानक छातीमा पीडा भएपछि जिल्ला अस्पताल गुलरियाको इमरजेन्सीमा बिहान ११ बजेतिर उपचारका लागि लगिएको थियो । दुखाईको कारणबारे रोजनले केही नभनेपछि अस्पतालले सर्पदंशको आशंका गरी नेपालगञ्ज रिफर गरेको थियो । बेलुकी ४ बजे मात्र नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पु¥याइएकोमा सर्पले टोकेको लामो समय भैसकेकाले विषको प्रभाव उच्च हुन गई उपचारका क्रममा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनी गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । उनको निधनले विद्यालय शोकमा डुबेको छ । बुधबार विहान उनको अन्तिम संस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आफन्त, विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । 

यसअघि गत साउन २० गते मात्रै सोही विद्यालयका कक्षा २ मा अध्ययनरत लक्ष्मण थापामगरको पनि सर्पदंशका कारण ज्यान गएको थियो भने त्यसको केही दिनमा जिल्ला अस्पताल बर्दियाको कर्मचारी निवासमा सुतिरहेको अवस्थामा सर्पले टोकेर गर्भवती महिला बासमति चौधरीको ज्यान गएको थियो ।  

यसैबीच, तराईमा साउन र भदौ महिनामा गोमन तथा करेट जातका सर्पको विगविगी  हुने भएका कारण सबैलाई सजग रहन र यसबाट बँच्नका लागि घरमा रहेका चरहरु पुर्ने, ढोकामा जाली लगाउने, घरवरपर झाडिहरु सफाइ गर्नुपर्ने, रातीमा सकभर नहिँड्ने, यसका लागि आवश्यक सजगता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख सुनिल पाण्डेले अनुरोध गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट