भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ ।
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा सर्पदंशको कारण बालकको ज्यान गयो

१५ भाद्र २०७३, बुधबार ०९:३१

भदौ १५, बर्दिया । गुलरिया नगरपालिका वडा नं. ६ का रोजन ढुङ्गानाको सर्पदंशका कारण ज्यान गएको छ ।

मंगलबार विहान साथीहरुसँग खेल्ने क्रममा सर्पले टोकेको हुन सक्ने पारिवारिक आशंका रहेको छ । खेलेर आएपछि स्कूल जान तयारी गरिरहेको अवस्थामा अचानक छातीमा पीडा भएपछि जिल्ला अस्पताल गुलरियाको इमरजेन्सीमा बिहान ११ बजेतिर उपचारका लागि लगिएको थियो । दुखाईको कारणबारे रोजनले केही नभनेपछि अस्पतालले सर्पदंशको आशंका गरी नेपालगञ्ज रिफर गरेको थियो । बेलुकी ४ बजे मात्र नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पु¥याइएकोमा सर्पले टोकेको लामो समय भैसकेकाले विषको प्रभाव उच्च हुन गई उपचारका क्रममा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनी गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । उनको निधनले विद्यालय शोकमा डुबेको छ । बुधबार विहान उनको अन्तिम संस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आफन्त, विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । 

यसअघि गत साउन २० गते मात्रै सोही विद्यालयका कक्षा २ मा अध्ययनरत लक्ष्मण थापामगरको पनि सर्पदंशका कारण ज्यान गएको थियो भने त्यसको केही दिनमा जिल्ला अस्पताल बर्दियाको कर्मचारी निवासमा सुतिरहेको अवस्थामा सर्पले टोकेर गर्भवती महिला बासमति चौधरीको ज्यान गएको थियो ।  

यसैबीच, तराईमा साउन र भदौ महिनामा गोमन तथा करेट जातका सर्पको विगविगी  हुने भएका कारण सबैलाई सजग रहन र यसबाट बँच्नका लागि घरमा रहेका चरहरु पुर्ने, ढोकामा जाली लगाउने, घरवरपर झाडिहरु सफाइ गर्नुपर्ने, रातीमा सकभर नहिँड्ने, यसका लागि आवश्यक सजगता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख सुनिल पाण्डेले अनुरोध गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता