२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप

२०७९, १३ बैशाख मंगलवार ११:१७

वैशाख १३, सप्तरी | सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा   चोट पटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरी अचेत बताएको पीडित लक्ष्मिनियाँले बताइन् ।  ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कुटपिट भएको थाहा पाएँँ,’ उनले भनिन् । 

एक वर्षदेखि दाइँजोको निहुँमा पटक–पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नातापर्ने विणा भगतले निर्घात कुटपिट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरीले प्रशासनले कारबाही नगरेको उनको आरोप रहेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए ।

रौतहट माइती भएकी उनी र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा