१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप

१३ बैशाख २०७९, मंगलवार ११:१७

वैशाख १३, सप्तरी | सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा   चोट पटक लागेको पीडितको भनाइ छ ।

आइतबार राति मारिदिन्छु भन्दै सासु, ससुरा, श्रीमान, जेठानी नन्दले कुटपिट गरी अचेत बताएको पीडित लक्ष्मिनियाँले बताइन् ।  ‘मलाई राति नै कुटेर बेहोस बनाएको रहेछ । सोमबार बिहान होसमा आएपछि मात्र ममाथि कुटपिट भएको थाहा पाएँँ,’ उनले भनिन् । 

एक वर्षदेखि दाइँजोको निहुँमा पटक–पटक आफूमाथि शारीरिक, मानसिक दिँदै आएको र यसबारे प्रहरीमा जाहेरी दिँदासमेत पीडकमाथि कारबाही नभएको लक्ष्मिनियाँको दुखेसो छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा ससुरा शिव दयाल भगत, सासु सीता देवी भगत, पति सञ्जिव भगत, जेठानी अन्जु भगत, नन्द रन्जु भगत र गाउँकै नातापर्ने विणा भगतले निर्घात कुटपिट गरी घाइते बनाएको किटानी जाहेरी दर्ता गर्दा पनि प्रहरीले प्रशासनले कारबाही नगरेको उनको आरोप रहेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले कुटपिट संलग्न ससुरा शिव दयाल भगतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए ।

रौतहट माइती भएकी उनी र सञ्जिवबीच चार वर्षअघि मागी विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो