२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प पछि ध्वस्त स्वास्थ्य संस्थाको भवन पुर्न र्निमाण

२०७२, २३ मंसिर बुधबार ०५:५९

मंसीर २३, रसुवा / बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पले क्षतीग्रस्त
धुन्चे र राम्चेको स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । जिल्लाका अन्य स्वास्थ्य चौकी भवन पनि
निमार्ण सुरु भएको छ ।

स्वास्थ्य संस्थाका भवन अभावमा गाउँ
गाउँमा स्वास्थ्य उपचार प्रभावित भईरहेको समयमा जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरेर
भूकम्पबाट नभत्किने स्वास्थ्य संस्थाका भवन पुर्नः र्निमाण सुरु हनाले स्वास्थ्य सेवामा टेवा पुग्ने
स्थानीयवासी बताउँछन् ।

जिल्लाभर १८ वटा गाविसमा रहेको १८ वटा
स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतात भवन मध्ये भूकम्पले अरु भवन ध्वस्त
भएका थिए भने जिवजिवे स्थित प्राथमिक स्वास्थ्य केन्द्र र चिलिमे स्वास्थ्यचौकी भवन मात्र बचेको थियो

जिल्लामा रहेको बिभिन्न दश वटा स्वास्थ्य चौकी भवन पुर्नर्निमार्ण हुन लागेको छ । स्वास्थ्य
क्षेत्रमा कार्यरत सामाजिक संस्था करूणा फाउण्डेसन रसुवाले १० ओटा गाविसमा स्वास्थ्य चौकी निमार्ण गर्ने
जनाएको छ । फाउण्डेसनले अन्य २ ओटा गाविसका रहेका स्वास्थ्य संस्थामा भवन पनि मर्मत गर्नेछ । स्वास्थ्य
चौकी मध्ये धुन्चे र राम्चेको निमार्ण कार्य सम्पन्न भइसकेको छ । स्याफ्रु गाविसमा रहेको स्वास्थ्य चौकी
भवन निमार्णको काम ५० प्रतिशत सम्पन्न भैसकेको छ भने गत्लाङ स्वास्थ्य चौकी पनि निर्माण सुरू भईसकेको छ

निमार्णका चरणमा रहेका स्थास्थ्य संस्थाहरूमा थुमन, बृद्धिम, ठुलोगाँउ, डाडागाँउ, लाङटाङ र
यार्सालगायतका गाविस रहेका छन । साथै भोर्ले र थाम्वुचेतमा स्वास्थ्य चौकी मर्मत गरिने भएको छ ।
विनाशकारी भूकम्प पछि अधिकांश स्वास्थ्य संस्था भवन भत्केकोले टेन्टबाट सेवा दिन निकै कठिन भएको थिायो ।
जिल्ला स्वास्थ्य तथा अस्पताल भने केएफडब्लु जर्मनीले गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख
कृष्ण मिजारले बताए ।

त्यसै गरी, भोर्ले, राम्चे, स्याफ्रु, थुमन र बृद्धिम गाविसका समग्र विकास
कार्यक्रम सञ्चालन गरिने कार्यक्रम अधिकृत कृष्णप्रसाद यादवले वताउनुभयो । समग्र विकास कार्यक्रम
अन्तर्गत शिक्षा, स्वास्थ्य, आयआर्जन र सामाजिक शसक्तिकरण लगायतका कार्यक्रम सञ्चालन हुने फाउण्डेसनका
कार्यक्रम अधिकृत कृष्णप्रसाद यादवले बताए । ‘भुकम्पले क्षतिग्रस्त स्वास्थ्य चौकीहरूका संरचना निर्माण
गरिहेका छौं उनले भने । ’

यद्यपि हाकु गाविसबाट बिस्थापित
समुदायलाई लक्षित कार्यक्रम भने अझै नपुगेको मोवाईल सिटिजन हेल्प डेक्सले जनाएको छ । बिस्थापित
क्याम्पमा महिला, बालबालिका र जेष्ठ नागरिकहरु स्वास्थ्य, शिक्षा, आवास , खाद्यन्न र न्यानो कपडा अभावले
समस्यामा परेका जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट