२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

राहत नपाएपछि भूकम्प पीडितहरूले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाए

३ पुष २०७२, शुक्रबार ०३:२४

पुस ३, रसुवा ।
धैबुङ्ग गाविस वडा नं ६ र ७ का ३२ जनाले भूकम्प पीडितहरुले ०७२ पुस २ गते सरकारी राहत १५ हजार नपाएको
भन्दै जिल्ला दैवी प्रकोप राहत उद्धार समितिमार्फत ज्ञापन पत्र बुझाएका छन् ।

पत्र बुझाएपछि
प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै स्थानीय बुद्धिनाथ न्यौपानेले बितरण गर्न रकम सकिएको भन्दै ‘७ दिन
पछि बितरण गर्न आउने भने पनि महिनौं बित्दा पनि राहत बितरण गर्न कर्मचारी आएनन् हामीले कहिले पाउने ?

धैबुङ्ग गाविस –६ का शिब घिमिरेले भने ‘भूकम्पले घर ध्वस्त भएको बास्तबिक पीडितले राहत नपाएकोले
हामी पीडित भयौं छानबिन हुनु प¥यो । ’

हामीले यस अघि पनि समस्या
प्रति ध्यान दिन आग्रह गरेका थियौं अहिले पुन ध्यानाकषर्ण गराउन जिल्ला प्रशासन आएको हौं , १५ हजार राहत
नपाएकाहरुले न्यानो कपडाका लागी सरकारले दिने १० हजार रुपियाँ पनि नपाउने भएपछि हामी सदरमुकाम आएका हौं
उनले भने ।

जिल्लाका बिभिन्न गाविसमा छिमेकीले राहत रकम बुझ्दा टुलुटुलु हेरेर वस्न वाध्य भुकम्प
पीडित आक्रोशित हुन थालेका छन् । जिल्लाका धेरै गाविसमा यस्तो समस्या रहेको छ । भोर्ले र सरमथली गाविसमा
१ भन्दा सय बढि परिवारको यस्तो समस्या देखिएको मोवाईल सिटिजन हेल्प डेक्सका स्वयमसेक विजय न्यौपानेले
बताए ।

उता गोल्जुङ गाविस –९ का रामबहादुर तामाङले सरकारले दिएको राहत रकम पाउन नसकेपछि
ध्यानाकषर्ण गर्न जिल्ला प्रशासन कार्यलय रसुवामा डेलिगेशन आएको बताए ।

गोल्जुङ गाविसमा ५० र चिलिमे गाविसका ५६ घरधुरीले राज्यबाट पाउनु पर्ने राहत पाउन छुटेको
मोवाईल सिटिजन हेल्प डेक्सका स्वयमसेवक मुना तामाङले बताईन् ।

पीडितले १५ हजार त पाएन पाएन अहिलो न्यानो कपडा खरिदका लागि सरकारले दिने १० हजार रुपियाँ पनि
उनीहरूले पाउन सकेका छैनन । नागारिकले राहत पाएनन राजनैतिक दललाई दवाव प¥यो । गोल्जुङ–५ का मिङवर सिंगी
तामाङले भने ।

यस अघिको प्राविधिक टोलीको हेलचक्र्याइका कारण पुर्ण रूपमा घर भत्केकाहरुको आशिंक
क्षति भनेर परिचय पत्र बितरण भएपछि पुर्ण रूपमा घर क्षती भएकाहरू मर्कामा परेको पीडितहरूले गुनासो गरे

समस्या प्रति ध्यान गएकोले धैबुङ्ग गाविस –६ र ७ वडाको हकमा
तत्कालै छानबिन गरिने प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव