२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको युवक भीरमा मृत फेला, एमाले कार्यकर्तासमेत रहेका युवकको अपहरणपछि हत्या गरिएको आरोप

२९ बैशाख २०७९, बिहीबार ०७:५५

वैशाख २९, ताप्लेजुङ | मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । 

ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । 

‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने । 

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ । यता नेकपा एमाले नेता योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेखेका छन् । 

घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान