२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

गणक र कांग्रेस प्रतिनिधि बीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध

२०७९, ३ जेष्ठ मंगलवार ०९:०३

जेठ २, बुटवल | मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ ।

अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाढीमा ढुंगा प्रहार समेत गरेका थिए । वडा नम्बर १६ र २ को मतगणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ ।


निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ ।

एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडाहरूमा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ । ‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृहमन्त्रीको आडमा राज्यसत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने ।

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई हुन् ।

मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिकाबीच मत संख्यामा फरक पर्न गएकोले वास्तवित तथ्यांक हेरी गणना अगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए । मतगणना सूचारु गर्ने सहमति भएको छ। केही बेरमा गणना सुरु हुन्छ’ लोहनीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा