४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

गणक र कांग्रेस प्रतिनिधि बीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध

३ जेष्ठ २०७९, मंगलवार ०९:०३

जेठ २, बुटवल | मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ ।

अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाढीमा ढुंगा प्रहार समेत गरेका थिए । वडा नम्बर १६ र २ को मतगणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ ।


निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ ।

एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडाहरूमा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ । ‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृहमन्त्रीको आडमा राज्यसत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने ।

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई हुन् ।

मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिकाबीच मत संख्यामा फरक पर्न गएकोले वास्तवित तथ्यांक हेरी गणना अगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए । मतगणना सूचारु गर्ने सहमति भएको छ। केही बेरमा गणना सुरु हुन्छ’ लोहनीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ