२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान

२०७९, ७ जेष्ठ शनिबार ०२:३८

जेठ ७, भक्तपुर | एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा वढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आआफनो गच्छेअनुसार भेटी, विस्कुट, चामल, फलफूललगायतका दान गरेका थिए । मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो । दान लिनका लागि त्यहाँंका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कुल पुगेका थिए । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । २०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो । दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नर्गनु, झुठो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि बिस्कुट दान गरेको बताए । कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुशी लागेको बताइन । स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल