२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान

७ जेष्ठ २०७९, शनिबार ०२:३८

जेठ ७, भक्तपुर | एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा वढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आआफनो गच्छेअनुसार भेटी, विस्कुट, चामल, फलफूललगायतका दान गरेका थिए । मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो । दान लिनका लागि त्यहाँंका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कुल पुगेका थिए । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । २०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो । दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नर्गनु, झुठो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि बिस्कुट दान गरेको बताए । कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुशी लागेको बताइन । स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी