२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

२०७९, १२ जेष्ठ बिहीबार ०७:१४

जेठ १२, सुर्खेत | पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भाेग्दै आएका छन् । यतायातका अन्य साधनकाे सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेकाे छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।

सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेकाे हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबाट सुर्खेत आउँदा सात हजार रकम तिर्नुपरेको यात्रुहरू बताउँछन् । 

सरकारी स्वमित्वको नेपाल वायु सेवा निगमले उडान कम गर्दा यात्रुहरू मार परेको छ । हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो । स्थानीयले सरकारी स्वामित्वकाे जहाज चलाउन र उडान संख्या बढाउन मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) समक्ष पटक पटक आग्रह गरेका छन् । तर, उनीहरूकाे मागको सुनुवाइ भएकाे छैन ।  

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । ‘तारा एयरले दिनको एक उडान मात्र गर्छ हामीले टिकट पाउदैनौं,’ उनले भने । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ । 

सुर्खेतभन्दा नेपालगन्जबाट हुम्लाका लागि फलाइटमा अझ महँगो छ । त्यस्तै, अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नुकाे छ । नेपालगन्जबाट डोल्पा जाँदा नाै हजार र फर्कदा पाँच हजार रकम तिर्नु पर्ने बाध्यता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु