४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

१५ जेष्ठ २०७९, आईतवार ०८:३३

जेठ १५, भैरहवा | सरकारले सात वर्षअघि समायोजन गरी ताेकेको भाडादर अझै कार्यान्वयन नगरेकाे भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।

लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेकाे बताए । 'हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसकाे फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अतिनै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् ।' उनले भने । 


सरकारलेनै तोकेकाे भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । 

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् । आन्दोलनकासँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेकाे अध्यक्ष पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ