रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक त"/>
२०८२, २१ चैत्र शनिबार
नवलपुर - NWL

नवलपरासीका स्थानीय विद्यार्थीहरूद्वारा सरकारसँग उच्च शिक्षा सहज बनाइदिन माग

२०७३, १९ भाद्र आईतवार ०७:२२

रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक तहका शिक्षण संस्था विद्यालयहरु नहुदा विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न सदरमुकाम र जिल्ला बाहिर अध्ययन जान बाध्य भएका छन । नवलपरासीको अधिकांश दक्षिणी सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च मा वि तहको विद्यालय छैन । नवलपरासीको ठुलो खरेटवा, सोमनी, रामपुर खडौना, रमपुरवा, गुठी सुर्यपुरा, बैदौली, कुडिया, नर्सही, पक्लिहवा, गेरमी लगायतका तमाम गाविसमा उच्च मावि तहको विद्यालय छैन । 

उच्च मा वि तहको विद्यालय नहुदा स्थानिय स्तरमा रहेका विद्यार्थीहरू अध्ययनका लागि सदरमुकाम र जिल्ला बाहिरको बुटवल भैरहवा नारायणघाट काठमाडौ लगायतको शहरमा जान बाध्यता रहेको बताउँछन् । तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले यस क्षेत्रमा उच्च शिक्षा स्थापनामा आफ्नो संगठन जिल्ला शिक्षा कार्यालय नवलपरासी संग पहल गरि रहेको बताउदै सरकारले मधेस शिक्षामा समेत काखापाखा गरेको दाबी गर्नु भएको छ साथै वहाले शिक्षा विकास मा जोड दिनु भएको छ । 

प्रायःजसो दक्षिणी भेगका गाविसहरुका स्थानीयहरुको पारिवारिक आर्थिक अवस्था दयनिय देखिन्छ । पारिवारिक घर चलाउन धोउधोउ परिरहेको अवस्थामा छोराछोरीहरुलाई उच्च शिक्षा प्राप्त गर्नका लागि बाहिर पठाउन आर्थिक अवस्था धान्न नसक्दा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको ठुलो खरेटवाका कपिल यादवले बताउनु भयो । साथै यस क्षेत्रमा प्राधविक शिक्षा न्यून रहेको देख्न सकिन्छ । त्यसकारण यस गाविसहरुमा अविलम्ब उच्च शिक्षा प्राप्त गर्न वातावरण मिलाइ दिन हुन स्थानीय विद्यार्थीहरूले सरकारसंग माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने