ललित बोहरा । भदौ १९, डडेल्धुरा । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा । भदौ १९, डडेल्धुरा । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा देउडा खेली तीज पर्व मनाईदै

१९ भाद्र २०७३, आईतवार ०८:०७


ललित बोहरा । भदौ १९, डडेल्धुरा । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन डडेल्धुरामा सामुहिक देउडा खेली मनाईदै  छ । डडेल्धुरा सदरमुकाममा पनि बिभिन्न गैरसरकारी सघं–संस्थाहरुले नाचगान कार्यक्रमको आयोजना गरि नारीहरुलाई रमाइलो गराइरहेका छन । 

यस्तै अजयमेरु महिला सञ्जालले पनि त्यहाँ भब्य कार्यक्रमको आयोजना गरेको छ । नारी समूहहरुले एक–आपसमा नाच्दै बर्षभरिको दुःख पीडाहरुलाई बिर्सि रमाइलो गरिरहेका छन । यहाँका स्थानिय ब्रतालु महिलाहरु साँझपख घर तथा टोल–टोलमा नाचजान गर्ने योजनामा छन । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ । हिन्दू नारीहरुको महान धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । 

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।  सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला डडेल्धुराका बिभिन्न शिवालयहरुमा बिहानपस पुजाआजा गर्नमा ब्यस्त रहेका थिए । यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता