२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सिकारीकाे पासाेमा परी गम्भीर घाइते, न प्रहरीमा उजुरी पर्छ न आराेपी नै पक्राउ पर्छन

२०७९, १७ जेष्ठ मंगलवार ११:२५

जेठ १७, महोत्तरी | सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले  कहिल्यै  सोचेका पनि थिएनन् । तर, २९ वैशाख बिहान उनले नसाेचेकै घटना भयाे । घाँस काट्न बिहानैअटावे खोल्सीतिर निस्केका बलाम्पामाथि खोल्सीतिर लम्किएकाे केही क्षणमामै दुई राउण्ड गोली लाग्याे । उनकाे तिघ्रामा गाेलीकाे गहिराे चाेट लागेकाे छ । 

दुवै तिघ्रामा गोली लागेपछि उनी खोल्सीमै ढले, अत्याधिक रगत बगेकाले उठ्नै सकेनन् । निकैबेर घर नफर्किएपछि परिवारले खोजी गर्दा उनलाई अर्ध बेहाेस अवस्थामा फेला पार्याे ।

  

`बुबाकाे दुवै खुट्टामा गोली लागेछ । भाईलाई फोन गर्नुभयाे । हामी त्यहाँ पुग्दा रगत निक्कै बगेको रहेछ । त्यहाँबाट उठाएर बल्लतल्ल अस्पताल पुर्‍यायौँ।´ बलाम्पाकी की कान्छी छोरी निरु बलाम्पाकीले भनिन् । घाँस काट्न जाने क्रममा सिकारीले थापेको पासोमा रहेको धागोमा टेक्दा गोली लागेकाे प्रहरीको पारम्भिक अनुसन्धानले पनि पुष्टि गरेकाे छ । 

बलाम्पाकी परिवारका एक्लो भरोसा हुन् । परिवारका पाँच जना उनकै भरोसामा छ । कृषि कर्मबाट पारिवार भरणपोषण गर्दै आएका बलाम्पाकी अहिले उपचारका लागि बिएण्डबी अस्पताल काठमाण्डौंमा उपचाररत छन् । उपचारमा केही खर्च नवनिर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले सहयोग गरेको पीडित परिवारको भनाइ छ । 


पीडित बलाम्पाकीको बयानअनुसार मकरलाल कटुवालले पासो थापेका हुन् । बन्दुक पड्किएको आवाज सुनेपछि कटवाल सिकार पर्‍यो कि भनेर हेर्न आएको र मान्छे पासोमा परेको देखेपछि घटनास्थलबाट फरार भएको पीडितकाे भनाइ छ ।

पीडित परिवारले अहिलेसम्म मकरबहादुरविरुद्ध उजुरी भने दिएकाे छैन । सुरुमा बर्दिबास-१४ बस्ने मकरलालले नै पासाे थापेकाे पीडित परिवारले दाबी गरेको पनि अहिले नचिनेको बताउँदै आएकाे छ । 

`अहिले सबैले निवेदन नदिनु भनेका छन् । ३५ दिनभित्र निवेदन दिने सल्लाह भएकोले त्यतिकै बसेको छौँ ।' पीडित बलाम्पाकीका दाजु मानबहादुर बलाम्पाकीले भने ।


पैसाको बलमा दोषीलाई बचाउन खोज्नु गलत भएको स्थानीय बताउँछन् । पीडक भनिएका कटुवालमाथि छानबिन गरी कारवाही गर्नका स्थानीयकाे माग छ । 

अचम्मलाग्दो त कहाँनिर छ भने दोषी भनिएका मकरबहादुरलाई प्रहरीले पक्राउ गर्न नसके पनि मकरलालका परिवारले बलाम्पाकीको उपचारमा सहयोग गरिरहेका छन् ।बरु दोषी भनिएका मकरबहादुरका बुबा दलबहादुर कटवाललाई प्रहरीले पक्राउ गरेर सोधुपछ गरेर छाडेका छ । 

पीडित र पीडक पक्षबीच व्यवहारिक सम्बन्ध भए पनि वन्यजन्तु मार्न पासो थाप्नु पनि अपराधजन्य कार्य भएकाले कटुवाललाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न स्थानीयको माग छ ।

गाेली लागेका बलाम्पाकी हिडडुल गर्न सक्ने अवस्थामा छैनन् । तर, सिकारीलाई बचाउने प्रयास भने भैइरहेको छ ।

दोषी भनिएका मकरबहादुर कटवाल सागरनाथ वन परियोजनाका अस्थायी कर्मचारी भएकाे खुलेको छ । वनका कर्मचारी नै वन्यजन्तु मार्न लागि पर्नुले कर्मचारीमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ