२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

२०७९, १९ जेष्ठ बिहीबार ०९:११

जेठ १९, सुर्खेत | नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थाका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

सुर्खेतको तत्कालीन गढी, लेखगाउँ, कुनाथरी गाउँ विकास समितिमा सिस नेपाल संस्थाले दिगो आयआर्जन व्यावसायिक अदुवा खेतीका लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भर्पाइ बनाई रकम भुक्तानी लिएको थियो । 

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल, सुर्खेतले मिति २७ चैत २०७३ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने भनेर सिस नेपालका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि