२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

१९ जेष्ठ २०७९, बिहीबार ०९:११

जेठ १९, सुर्खेत | नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थाका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

सुर्खेतको तत्कालीन गढी, लेखगाउँ, कुनाथरी गाउँ विकास समितिमा सिस नेपाल संस्थाले दिगो आयआर्जन व्यावसायिक अदुवा खेतीका लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भर्पाइ बनाई रकम भुक्तानी लिएको थियो । 

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल, सुर्खेतले मिति २७ चैत २०७३ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने भनेर सिस नेपालका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो