२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

२१ जेष्ठ २०७९, शनिबार ११:४६

 जेठ २१, भक्तपुर | भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षीकाहरूले सहयोग गरेका थिए । 

विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरू भविष्यमा कृषिप्रति पनि आकर्षित हुनसकुन भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।

धानको बीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरूलाई शिक्षिका कविता पौडेलले बीउ राख्नका लागि आवश्यक सामान देखाउँदै यसको प्रयोगकोबारेमा जानकारी दिए । 

शिक्षिका सुनिता सुवेदीले विद्यार्थीहरूलाई बीउ राख्ने तरिकाबारे जानकारी दिएकी थिइन् । उनका अनुसार स्कुल नजिकै त्यहाँ स्कुलकै करिब एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । उनीहरूले नै उक्त धान काट्ने पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी