२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, बाबु छोराको मृत्यु

२२ जेष्ठ २०७९, आईतवार १५:०२

जेठ २२, भैरहवा | रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो । 

खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएकोथियो ।  दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि समाचार तयार पार्दासम्म एक जनाको पहिचान खुलेको छैन । ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट  चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षीया अरविन्द शर्मा, अरविन्द्रका बुवा ५० वर्षीया नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् । मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०–३५ वर्षको सनाखत हुन बाँकी छ । 

यात्रु मध्ये ४ जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । चालक, सहचालक सहित घाइते यात्रुको भैरहवा स्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  

बाबु छोराको मृत्यु , एकै परिवारका ५ जना

बस दुर्घटनामा परि बाबु छोराको मृत्यु भएको छ । एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जना भने घाइते भएका । दुर्घटनामा ५० वर्षीया बुवा नागेन्द्र शर्मा र छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ । 

अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्माको उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य