४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती पनि पक्राउ

२५ जेष्ठ २०७९, बुधबार ०८:४३

जेठ २५, सप्तरी । सप्तरीमा हत्याको आरोपमा मिल्ने साथी पक्राउ परेको एक महिनापछि मृतककी श्रीमती पक्राउ परेकी छन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनालगत्तै शङ्का लागेर पक्राउ परेकी इनरवतीविरुद्ध ठोस प्रमाणको अभावमा प्रहरीले तत्काल छाडेको थियो । ‘मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टका आधारमा इनरवतीलाई घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘ठोस प्रमाण विना हत्या घटनाका सहयोगीविरुद्ध अभियोजन दायर गर्दा मुख्य अभियुक्तसमेत सजिलै छुट्ने अवस्था हुन्थ्यो, तसर्थ मुख्य अभियुक्त पक्राउ गरेपछि तत्काल छाडिएकी महतोकी श्रीमतीलाई पुनः पक्राउ गरेका हौं ।’

गाँजाकै सङ्गतले महतो र मियाँको मित्रता बढेको थियो । मियाँ जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याई चन्दा असुली गर्ने कार्यमा मियाँ सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बिष्णुपुर–७ बाट एक थान पेस्तोल र गोईत समुहको मोर्चाको पर्चा पम्प्लेटसहित मियाँ पक्राउ परेर छुटेका थिए ।

लुकिछिपी मोर्चाको भूमिगत गतिविधि गर्न मियाले महतोको घरलाई आश्रयस्थलका रूपमा प्रयोग गर्थे । सोही क्रममा महतोकी श्रीमतीसँग मियाँको चिनजान भएको थियो । महतो भोज भतेरमा खाना बनाउने काम गर्थे । घटनाका दिन बिहान महतोलाई खाना बनाउन मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका रोशन साहले घरबाटै बोलाएर लगेका थिए । 

निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि मियाँ गत वैशाख २३ गते पक्राउ परेका थिए । इनरवती एक महिनापछि गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक काफ्लेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ