सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्न"/>

८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी चौकी सिसहनियाँको गाउँ केन्द्रित सचेतना कार्यक्रम

२० भाद्र २०७३, सोमबार १२:३६

सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्ने चोरी डकैती, लागु औषध दुव्र्यसन, लैङगिक हिंसा जस्ता सम्भावित घटना हुन नदिन र सडक दुर्घटना हुनबाट बचाउन प्रहरीले नागरिक केन्द्रित सचेतना मुलक कार्यक्रम सुरु गरेको हो । 

पछिल्लो समयमा युवाहरु लागुऔषध दुव्र्यसनीे जस्ता गलत कृयाकलापमा बढ्दो सम्लग्नतालाई कम गर्न का लागि पनि प्रहरी चौकी सिसहनियाँले प्रहरी र नागरिक बीचको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी र नागरिक बीचको हातेमालो सहितको लागुऔषध, लैङगिक हिंसा तथा ट्राफिक नियन्त्रण सम्बन्धी सचेतना अभियान सुरु गरेको हो ।  

बढ्दो सड्क दुर्घटना कम गर्न तथा समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी मात्रको एक्लो प्रयास प्रभावकारी नहुने भएको हुँदा समाजमा हुने हरेक गलत कृयाकलाप नियन्त्रण गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध महत्वपूर्ण  हुने भएको हुँदा हामीले समुदाय देखि प्रहरीको हातेमालो सचेतना अभियान शुरु गरेका हौँ चौकीका प्रमुख यज्ञमणी वैदिकले बताए ।

यसैबीच प्रहरी चौकी सिसहनियाँले सोमवार सिसहनियाँ १ बड्का सिसहनियाँमा एक दिने लागुऔषध नियन्त्रण, लैङगिक हिंसा र ट्राफिक सचेतना सम्बन्धी एकदिने अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

चौकीका प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् गाउँ अगुवा विद्याशरण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चौकीका प्रमुख वैदिकले लागुऔषधका बेफाईदा, त्यसको असर, व्यक्ति, समाज र भविष्यमा पार्ने असर, रोकथामका लागि गर्न सकिने प्रयास, कसको के भुमिका र लैङगिक हिंसा तथा चोरी डकैती हुन नदिन नागरिक र प्रहरीबीच साथीत्वको सम्बन्धका विषयमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा भूतपुर्व प्रहरी नायव निरिक्षक बिरबहादुर चौधरी, सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरी शंकर पाण्डे लगायतका वक्ताहरुले बोल्नु भएको थियो । ८० जना भन्दा बढी स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही