वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन<"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको बगरापुरमा १३ लाख बढीको लागतमा तरकारी संकलन केन्द्र भवनको निर्माण

२० भाद्र २०७३, सोमबार १२:३८


वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन

सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँ—९ बगरापुरमा अत्याधुनिक सुविधा सम्पन्न सामुदायिक तरकारी संकलन केन्द्र तथा बहुउद्देश्य भवनको निमार्ण गरिएको छ । डब्लु डब्लु एफ, नर्ती सामुदायिक वन समन्वय समिति, सिसहनियाँ गाविस, समुदाय र विभिन्न संघ सस्थाहरुको अनुदानमा  १३ लाख ५० हजारको लागतमा उक्त भवन निमार्ण गरिएको हो । 

केन्द्रमा तरकारी संकलन देखि लिएर तरकारी बाली र खाद्यन्न बालीको बिउ बिजन समेत पाइने भएको छ । 

तरकारी संकलन केन्द्र नहुँदा सिसहनियाँका किसानहरु उत्पादित कृषिजन्य बस्तु देउखुरीको प्रमुख व्यपारिक केन्द्र लमही र भालुवाङमा सस्तो मुल्यमा बिक्री गर्नु पर्ने बाध्यता रहेको थियो । उत्पादित बस्तुहरु बजारमा बिक्री गर्दा लागत मुल्य भन्दा कम मुल्यमा बेच्दा किसानहरुले बर्षे लाखौँ रकम घाटा बेर्होनु पर्ने बाध्यता रहेको नव प्रतिभा कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीले बताए । 

चाडै बिग्रिने तरकारीजन्य बस्तुहरु भण्डारन गर्न संकलन केन्द्र नहुँदा हामीले निकै दुख र घाटा बेर्होनु प¥यो चौधरीले भने । आफ्नै गाउँमा केन्द्रको स्थापना भए पछि स्थानिय किसान तथा उपभोक्ता प्रत्यक्ष लाभन्दित हुनुका साथै निकै खुसी भएका छन् । 

यसैबीच केन्द्रको सोमवार एक कार्यक्रमका आयोजना गरी उद्घाटन गरिएको छ । नव प्रतिभा कृषक सहकारी संस्था लिमिटेड बगरापुर र नर्ती सामुदायिक वन समन्वय समिती लमहीको संयुक्त आयोजनमा भवनको उद्घाटन गरिएको हो । 

सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवम् वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले रिवन काटेर भवनको उद्घाटन गरेका थिए । तरकारी संकलन केन्द उद्घाटन कार्यक्रममा बोल्दै डा. गुरुङले तरकारी संकलन केन्द्र मार्फत किसानहरुल सर्व सुलभ तरिकाले फाइदा लिन सकिने हुदा केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी संस्थाले विषेश ध्यान दिनु पर्ने बताए । 

संस्थाका व्यवस्थापक संगिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आयोजना सह—प्रर्वन्धक प्रदिप बुढाथोकी, नर्ती सामुदायिक वन समन्वय समिति लमहीका उपाध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी तथा बुद्धिजिवी देवनारायण चौधरी, डब्लु डब्लु एफका भाष्करदेव चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाका कोषाध्यक्ष हरिप्रसाद चौधरीको विषय वस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हरिचन्द्र चौधरीले गरेका थिए  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव