२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आगामी जनवरीदेखि पाेखरामा नदेखिन सक्छन् प्यारग्लाइडिङ

२९ जेष्ठ २०७९, आईतवार १०:४५

जेठ २९, पोखरा | निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।


‘अन्तराष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैले साथीहरूलाई त्यहि भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौं प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तराष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अंग्रेजी नयाँ वर्षबाट अन्तराष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् । नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् ।

‘हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ,’ उनले भने, ‘पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धरासायी हुन सक्छ ।’ व्यवसायीहरूले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरुले सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छन् । पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट गन्तब्यमध्ये तेश्रोमा पर्छ । यहिँबाट विस्थापित भए पर्यटकको संख्या पनि घट्ने व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङसँगै पुतली जहाजको रुपमा परिचित अल्ट्रालाइट र जाइरोकोप्टरले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । हरेक दिन अल्ट्रालाइटले पोखरा बजारसहित हिमालको छेउसम्म यात्रुलाई घुमाउने गरेको छ । विशेषतः चिनियाँ पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट र प्याराग्लाइडिङ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य