२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्यामा संलग्नलाई पक्राउ माग गर्दै बारामा दोस्राे दिन पनि चक्काजाम

२०७९, २ असार बिहीबार १०:०३

असार २, बारा | जितपुरसिमरा उपमहानगरपालिका- ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ ।

लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारसहित स्थानीयले जितपुरसिमरा-७ जितपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।


घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाएर कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसहित मृतकका आफन्तहरू सडकमा उत्रिनु परेको मृतक पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए ।

मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सिमानामा पर्ने शिव मन्दिरको अगाडि सडकको छेउमा मृतक पौडेलको पर्स बेवारिसे अवस्थामा भेटिएको थियो । पर्स भेला परेपछि घटनाको अनुसन्धानमा थप मद्दत पुगेको भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।


गत २२ वैशाखमा मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठाे दाइ केदारभक्त पौडेलले बताए । 

घटनाको ९औं दिनमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अन्य सात जनालाई पनि पक्राउ गरेको थियो । 

उता प्रहरीले जितपुरसिमरा उपहमानगरपालिका वडा नम्बर ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजितढंगले भएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा त्रिभुवन राजपथमा चक्काजाम र प्रशर्दशन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा