२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

८ असार २०७९, बुधबार ०६:४२

असार ८, बारा | १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् । 

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । 

अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका-१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर बन्धक तुल्याई जबर्जस्ती करणी गरेको आरोप छ । 

जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारसमेतको कसूर गरेको र अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई ३ असारमा कलैया उपमहानगरपालिका-५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्साररीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशनुसार पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइएको  प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान