भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पुस्तकालय छन्, पाठक शुन्य

२२ भाद्र २०७३, बुधबार ०३:४९

भदौ २२, पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । 

कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो । 

व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ–पुराना गरी चार हजारभन्दा बढौ पुस्तक छन् । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत, सङ्गीत र अन्य विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य र साङ्गीतिक उपकरण पनि राखिएको छ । 

पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँ–पुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको बेघाको भनाइ छ । सदरमुकाम फिदिममा यो सँगै विभिन्न सङ्घसंस्था र स्कुल÷क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या पनि शून्यजस्तै छ । 

पाँचथर सामुदायिक पुस्तकालयकी कर्मचारी सङ्गीता देवानले दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाहीँ १०–१२ जना र धेरैजसो शून्य सङ्ख्यामा पाठक आउने गरेको अनुभव सुनाउनुभयो । सदरमुकामबाहेक जिल्लाका याङनाम, यासोक, रानीटार, आङसराङलगायत स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या