भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घर"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

होष्टल सञ्चालक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा

२२ भाद्र २०७३, बुधबार ०४:२८

भदौ २२, मोरङ । विराटनगरको उपमहानगरपालिका -१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दैआएका सुनसरी औरावनी -५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या भएको छ । 

उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घरमा प्रहरीले मंगलबार बिहान उनको शव तीन टुक्रा पारिएको अवस्थामा फेला पारेको थियो । उनको टाउको, खुट्टा र शरिरकोबीच भाग अलग अलग स्थानमा फेला परेको थियो ।

श्रेष्ठको घरमा भदौ १५ गतेदेखि सिरहाका २० वर्षीय राकेश कुमार यादव, १९ वर्षका सरोज यादव र कृष्ण यादव, सप्तरीका १८ वर्षीय जितेन्द्र साह र १३ बर्षीय मनोजकुमार साह भाडामा बस्दै आएका थिए । मृतक यादव सोमबार साँझ उनीहरुको कोठामा पार्टी खान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिए । 

उनका अनुसार श्रेष्ठको घरमा बस्ने १३ वर्षीय मनोजकुमार साह बाहेक अरु ४ जना फरार रहेका छन् । फरार उनीहरुले मनोजलाई कोठामा थुनेर भागेको पाइएको छ । मृतकको सनाखत भइसकेको उल्लेख गर्दैएसपी भण्डारीले भने हत्यामा संलग्नको खोजी भइरहेको बताए ।

कोठामै थुनिएका १३ वर्षीय मनोज प्रहरी नियन्त्रणमा छन् । उनले प्रहरीलाई बताए अनुसार आफूलाई सोमबार राति कोठामा बसेर पढ भन्दै उनीहरु सबै खानपिनमा बसेका थिए । 

लासको पोष्टमार्टमका लागि प्रहरीले बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रहरीले घटना बारेमा अनुसन्धान जारी राखेकाले पत्रकारहरुलाई यस विषयमा केही जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या