२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट

१४ असार २०७९, मंगलवार ०७:५७

असार १४, ललितपुर | ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्। आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्। पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर चोट लागेको छ। आफन्त इशुमाया वुजुले उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको बताइन्। 

ट्राफिक प्रहरी सातदोबाटोका अनुसार ट्राफिक राजेन्द्र थापाले कुटपिट गरेको र उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। डा. घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन्।

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै कुटपीट गर्ने थापालाई कारबाही र आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन्। निवेदनमा भनिएको छ, ‘कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट, हातपात गरी रगताम्य पारी, डाक्टर हुँ किन यस्तो गरेको भनि कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाईलाई घाइते पारी हाल अल्का अस्पतालबाट उपचार भइरहेको छ। निज ट्राफिक प्रहरी राजेन्द्र थापालाई उपस्थित गराई आवश्यक कारवाही गरी शान्ति सुरक्षा पाउँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान