भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एसपी थापा सम्मानित

२२ भाद्र २०७३, बुधबार १२:१९

भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् ।

गणकै हाताभित्र गुप्तेश्वर विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको नेतृत्वमा पुगेका गुफाका पदाधिकारीहरुले एसपी थापालाई सम्मान गरेको हो । संस्थाले सम्मानित थापालाई नागरिक अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो भने मायाको चिनो स्वरुप करुवा उपहार दिईएको थियो ।

सो कार्यक्रममा सम्मानित भईसकेपछि आप्mनो भनाई राख्दै एसपी थापाले भने(‘धार्मिक तथा पर्यटकीय महत्वको गुफालाई सहयोग गर्न पाउनु शसस्त्र प्रहरीकै लागि गौरवको कुरा हो । हामी जनताको सेवक भएकोले जनतासँग हातेमालो गर्न पाउदा हामीलाई खुशी लागेको छ ।’ उनले जस्तो सुकै परिस्थितिमा पनि जनताको सेवा गर्न शसस्त्र प्रहरी तयार रहेकोले विना संकोच सहयोग गर्न आग्रह समेत गुफाका      पदाधिकारीहरुलाई गरे ।

 सम्मानित भएका एसपी थापाले खुशी हुँदै भने-‘मेरो र शसस्त्र प्रहरी बलको उच्च मूल्यांकन गरी सम्मान गर्नु भएकोमा तपाईहरुप्रति उच्च सम्मान गर्न चाहन्छु ।’ उनले गुफाको विशिष्ट सदस्य समेत लिएका छन् ।

सोही वीच गुफाका पदाधिकारीहरुले कार्यक्रममा बोल्दै एसपी थापा र शसस्त्र प्रहरी गण परिवारको सहयोगका लागि धन्यवाद दिएका थिए । सोही गुफाका अध्यक्ष श्रेष्ठले सहयोग प्रदान गर्ने एसपी थापालाई धन्यवाद दिदै भने-‘ पहिरो खसेर गुफामा रहेको कच्ची भौतिक संरचना भत्किएको थियो । 

पक्की भवन निर्माण नगरी भएको थिएन तर गुफाको भौतिक संरचना निमांणको क्रममा आर्थिक अभाव थियो । यस्तो कठिन अवस्थामा शसस्त्र प्रहरीले श्रमदान गरेर ठुलो सहयोग पुराउदै आएको छ । शसस्त्र प्रहरीको सहयोग नभएको भए निर्माण कार्य तीव्ररुपले अगाडि बढ्ने थिएन ।’

गुप्तेश्वर गुफामा अहिले पक्की भवन निर्माणको कार्य अन्तिम चरण पुगेको छ । कुश्मा बजारदेखि करीव ५०० मी तल पर्ने गुफामा गाडी गुड्ने बाटो बनाउन नसक्दा निर्माण सामाग्रीहरु ढुंगा, गिटी, बालुवा लगायत मानिसले नै बोकेर लैजानुपर्छ । 

निर्माण सामाग्री गुफासम्म पुराउने र अन्य निर्माणको कार्यमा शसस्त्र प्रहरीले सहयोग गर्दै आएको छ । शसस्त्र प्रहरीले धार्मिक तथा पर्यटकीय महत्वको गुफाको भौतिक संरचना निर्माणमा सहयोग पुराए वापत उच्च सम्मान गर्दै एसएसपी थापालाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । 

उक्त सम्मान कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार लोकनाथ आचार्य, निर्माण समितिका कोषाध्यक्ष शिवप्रसाद सुवेदी, सचिव विष्णु नेवार, सदस्यहरु प्रनिश गिरी, चन्द्र बहादुर क्षेत्री लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो