रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरस"/>
२१ मंसिर २०८२, शनिबार
नवलपुर - NWL

नवलपरासी सदरमुकाममै आठ लाखको मोबाइल चोरी

२२ भाद्र २०७३, बुधबार १२:४०

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा गएराती एउटा मोबाईल पसल बाट ८ लाख बराबरको सामान चोरी भएको छ । नरसीहं मोबाईल केयर बाट करिब ८ लाख बराबरको मोबाईल तथा विद्युतिय सामाग्री चोरी भएको पिडितले बताएका छन्न । 

करिब ८ लाख बराबरको मोबाई र मोबाइलको मेमोरिकार्ड चोरी भएको अनुमान गरिएको छ । चोरले गयराती सटरको भित्री नटबोल्ट खोली करिब ४० वटा  मर्मतका लागि ग्राहकको मोबाइल राखिएकोमा सबै सेट संगै मेमोरिकार्ड लगायतका मालसमान चोरी भएको पिडित साहु नरसिंह सहानीले बताए । चोरी भएको सबै मोबाईल सेट स्क्रिन टच रहेका छन । 

मोबाईल सेट न्युनतम ७ हजार देखि २५ हजारसम्म मुल्य पर्ने साहु सहानीले बताए । 

सटर र ताल्चा नतोडिकनै पसलको भित्री नटबोल्ट खोली समान चोरी हुनु यो चोरी संकास्पद रहेको प्रहरीले बुझेको छ। चोरी घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान थालेको एस पी राजेन्द्र प्रसाद चौधरीले बताएका छन। तिज र दशैमा मोईबालको अधिक विक्री गर्ने भनि पसलमा सजाइएको नोकिया, सम्सुङ्ग, कलर, सिजी, लाभा, ब्राण्ड सहित चाईनिज लगायत ब्राण्डका मोबाईलहरु चोरी भएको पसलका साहु नरसिंह सहानीले जानकारी दिएका छन । 

नवलपरासीमा विगतमा पनि पसलहरु बाट चोरी हुँदै आएको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले बताउनु भएको छ। रातिमा प्रहरीको गस्ती न हुदा चोरहरुको मनोबल बढदै गएको छ । प्रहरीको राति गस्ती बढाउनु पर्ने स्थानीयहरुले बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य