भदौ २३, डडेल्धुरा । चालु बर्षमा सुर्खेत, जाजारकोट, हुम्ला, बाजुरा, अछाम र कैलाली जिल्लाका मुक्त हलियालाई पुनः स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, डडेल्धुरा । चालु बर्षमा सुर्खेत, जाजारकोट, हुम्ला, बाजुरा, अछाम र कैलाली जिल्लाका मुक्त हलियालाई पुनः स्था"/>
१ माघ २०८२, बुधबार
डडेलधुरा - DDL

६ जिल्लाका मुक्त हलियाको पुनः स्थापना यस बर्ष भित्रै गर्ने कार्ययोजनामा सरकार

२३ भाद्र २०७३, बिहीबार ०२:०९

भदौ २३, डडेल्धुरा । चालु बर्षमा सुर्खेत, जाजारकोट, हुम्ला, बाजुरा, अछाम र कैलाली जिल्लाका मुक्त हलियालाई पुनः स्थापना गर्ने भुमिसुधार तथा व्यवस्था मन्त्रलयले कार्य योजना बनाएको छ । सुदुरपश्चिमका नौ वटै जिल्ला तथा मध्यपश्चिमका तिन वटा जिल्ला सुर्खेत, जाजरकोट, हुम्ला गरी अधिाराज्यका १२ वटा जिल्लामा १९ हजार बढी मुक्त हलिया पुनःस्थापना हुन बाँकी छन । १२ जिल्लाका मुक्त हलिया पुनः स्थापनाका लागी यसै बर्षमा छ वटा जिल्लाका मुक्त हलिया पुनः स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ ।

यस बर्ष भित्र अधिराज्यका छ जिल्लामा रहेका मुक्त हलियालाई पुनः स्थापना गराउन बुधबार देखि डडेल्धुरामा तिन दिने कार्यत्रशाला सञ्चालन गरिएको छ । सुदुरपश्चिमका नौ वटै जिल्ला एवं मध्यपश्चिमका तिन जिल्ला सुर्खेत, जाजारकोट, हुम्ला गरि १२ वटा जिल्लाका मुक्त हलिया पुनः स्थापना जिल्ला समितीका सदस्य सचिव र कर्मचारीलाई अभिमुखिकण तालिम तथा कार्यशाला सञ्चालन भएको हो । मुक्त हलिया पुनः स्थापना दुई बर्ष भित्र गरि सक्ने गरी सरकारले बजेटमा उल्लेख्य बृद्धि गरेको भुमिसुधार तथा व्यवस्थापन मन्त्रालयका सह–सचिव टिकाराम घिमिरेले बताएका छन । सुदुरपश्चिम र मध्यपश्चिम गरी छ जिल्लाका मुक्त कमैयालाई यसै आर्थिक बर्ष भित्र पुनः स्थापना गरि सक्ने लक्ष्य सरकारले लिएको उनले बताएका छन । आधारभुत आवश्यकता पुर्ति गर्ने गरि पुनः स्थापना गरिने भएकाले नेपाल सरकार संग भएको साधन श्रोतलाई आम सबैले बढि भन्दा बढि उपभोग गर्नु पर्ने सह–सचिव घिमिरेले बताएका थिए । तिन दिने कार्यशालामा हलियालाई पुनः स्थापनाका लागी मन्त्रलायले केन्द्रमा बनाएको कार्ययोजना बारे छलफल हुने भुमिसुधार तथा व्यवस्थापन मन्त्रालयका उप–सचिव गोकर्ण शर्माले बताएका छन ।

उनले तिन दिने कार्यशालामा १२ वटै जिल्लाका सहभागीले जिल्ला स्तरमा मुक्तहलिया पुनः स्थापनाका लागी गरेका क्रियाकलाप एवं कार्यायोजना बारे बृहत छलफल हुने बताएका छन । भुमिसुधार तथा व्यवस्थापन मन्त्रलायको चौमासिक कार्यक्रम अनुसार सम्पन्न गर्ने लक्ष्य तिन दिने कार्यशालाको उद्देश्य रहेको जनाईएको छ । केन्द्रिय निती कार्यक्रम अख्तियारी कार्ययोजनालाई सबैका माझ पु¥याउने कर्यशालाको अर्काे उद्देश्य रहेको उप सचिव गोकर्ण शर्माले बताएका छन । जिल्लामा काम गर्दा आई परेका समस्याहरु बारे छलफल गरि कार्यशाला बाटै दिन सक्ने सुझाव, निर्देशन, समस्या समाधानका उपाय दिने तथा यहा दिन नसकिने समस्याको समाधानकालागी राय सुझाव लिई मन्त्रालयमा नितीगत निर्णय गराई समस्यको समाधान गर्ने मुख्य उद्देश्यले तिन दिने अभिमुखिकरण तथा कार्यशालाको आयोजना गरेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का