नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि मनाईयो निजामति सेवा दिवस

२३ भाद्र २०७३, बिहीबार ०२:२९


नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ । स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले  बुधबार १३ औं निजामति सेवा दिवस मनाएका हुन् । 

प्रभातफेरी, जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण, हाजिरिजवाफ प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।  

निजामति कर्मचारी दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना  गरिएको हो ।  

जिल्ला स्थित विभिन्न कार्यालयमा कार्र्यरत कर्मचारीहरुले विहान गाठालापानी देखी प्रभातफेरी निकालेका थिए भने जिल्ला अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका थिए । 

प्रजिअ चौधरीले जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो । अस्पतालमा प्रसूति गराउन आएका महिला तथा अन्य बिरामीलाई स्याउ, केरा लगायत तागतिला फलफूल वितरण गरिएको अस्पतालले जनाएको छ । 

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । 

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार  निजामती कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का