नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि मनाईयो निजामति सेवा दिवस

२०७३, २३ भाद्र बिहीबार ०२:२९


नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ । स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले  बुधबार १३ औं निजामति सेवा दिवस मनाएका हुन् । 

प्रभातफेरी, जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण, हाजिरिजवाफ प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।  

निजामति कर्मचारी दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना  गरिएको हो ।  

जिल्ला स्थित विभिन्न कार्यालयमा कार्र्यरत कर्मचारीहरुले विहान गाठालापानी देखी प्रभातफेरी निकालेका थिए भने जिल्ला अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका थिए । 

प्रजिअ चौधरीले जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो । अस्पतालमा प्रसूति गराउन आएका महिला तथा अन्य बिरामीलाई स्याउ, केरा लगायत तागतिला फलफूल वितरण गरिएको अस्पतालले जनाएको छ । 

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । 

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार  निजामती कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते