सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको नर्तीमा मुक्त कमैया समाजको जिल्ला भेला सम्पन्न

२३ भाद्र २०७३, बिहीबार ०२:४५


सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जीवन दुखमय बिताई रहेको एक कार्यक्रममा बोल्ने मुक्त कमैयाहरुले गुनासो गरेका छन् । 

मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको बुधबार लमही नगरपालिका—१ नर्तीमा भएको जिल्ला भेलामा बोल्ने मुक्त कमैयाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले अझै पनि कतिपय ठाउँमा बस्दै आएका कमैयाहरुलाई राज्यले न्याय दिलाउनुको साटो दमन र उठी बास लगाउन खोजेको आरोप समेत लगाएका छन् । साथै उनीहरुले अव पनि मुक्त कमैयाहरुको उचित बसोबास, आधार पत्र र लालपुर्जा उपलब्ध नगराए आन्दोलनमा समेत उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् । यसका लागि अव सम्पुर्ण युवा मुक्त कमैयाहरु जागरुक हुनु पर्ने समेत बताएका छन् ।

समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् समाजका केन्द्रिय सदस्य तथा सल्लाहकार टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको भेलामा मुक्त कमैया समाजका क्षेत्रीय अध्यक्ष प्रेमप्रसाद चौधरी, जिल्ला भुमि अधिकार मञ्च संघर्ष समितिका सदस्य टिकाराम चौधरी, समाजका जिल्ला सदस्यहरु मनबुझाउन चौधरी, दुखराम सार्की, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, कमैयाहरु कनैहालाल चौधरी, टुनटुनराम चौधरी, सिता चौधरी र भगतराम चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो । भेलाले मुक्त कमैया युवा समाजको डाटा संकलन गर्ने, असोजको दोस्रो साता युवा समाजको जिल्ला भेला सिसहनियाँ—९ बगरापुरमा राख्ने र असोज १३ गते सरोकारवालाहरु सँग घोराहीमा अन्र्तक्रिया कार्यक्रम राख्ने निर्णय समेत गरेको छ । समाजका जिल्ला सदस्य नाजमा चौधरीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष सुनरुपी चौधरीको विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गुलामअलि शाहीले गर्नु भएको थियो ।    

सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको १६ वर्ष पुरा भई सक्दा पनि अहिले सम्म जिल्लामा १७ जना कमैयाहरुको जग्गा पहिचान हुन सकेको छैन । हाल सम्म जिल्लामा १ हजार ४ सय २६ जनाले परिचय पत्र प्राप्त गरे पनि छुट कमैयाको सख्या ५ हजार ४६ जना रहेको बताइएको छ । भने जिल्लामा हाल सम्म ६५ जनाले आधार पत्र र ६ सय ८८ जनाले मात्र जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।  २०६३ पौष २० गते १० बुदे सम्झौता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव