भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् ।
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडक्रस सवैको सुखदुःखको साथी : सभापति रिमाल

२०७३, २३ भाद्र बिहीबार ०७:२४

भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् ।

रेडक्रसकै एक शाखाले गरेको अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि रहेका सभापति रुद्रबहादुर रिमालले यस्तो भनाई राखेका हुन् । सो कार्यक्रममा बोल्दै सभापति रिमालले रेडक्रस सवै जनताको सुखदुःखको साथी भएको र समाजमा घट्ने हरेक प्राकृतिक र मानवीय घटनाहरुमा  रेडक्रसले सधै सहयोगी भई लागिरहने बताए । 

हाजिरी जवाफ प्रतियोगिता नेपाल रेडक्रस सोसाईटी ज्ञादी, पिपलटारी उपशाखाको आयोजना र जुनियर रेडक्रस सर्कल जनक मावि, थुमको व्यवस्थापनमा भएको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका पूर्व सदस्य शान्त पौडेल, पूर्णेश्वर उमावि स्रोत केन्द्रका श्रोत व्यक्ति रामप्रसाद लामिछाने, जनक माविका प्राचार्य दिवाकर शर्मा तिवारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । जिल्लाका ११ वटा सामुदायिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । 

उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुमा क्रमशः शिवालय उमावि कुश्मा, जनसहयोगी मावि शंकरपोखरी, जनसहयोगी मावि शंकरपोखरी र जनक मावि पिपलटारी रहेका    छन् । 

विजयी विद्यालयका विद्यार्थीहरुलाई सभापति रिमालले प्रमाणपत्र तथा नगद प्रदान गरेका थिए । सो कार्यक्रमको सभापतित्व रेडक्रस सोसाईटी ज्ञादी, पिपलटारी उपशाखाका सभापति भीमराज सापकोटाले    गरेका थिए भने कार्यक्रमको संचालन सोही शाखाका सचिव आनन्द पौडेलबाट भएको थियो भने र उपसभापति चिरन्जीवी सुवेदीले स्वागत मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते