भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले दे"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पातिखोलाले ६ घर बगायो

२३ भाद्र २०७३, बिहीबार ०७:४७

भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ । 

यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले देउपुर–९ का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापागाई र बाजुङ्ग–१ का मनबहादुर पौडेलको घर र मिल बगाएको छ । 

त्यस्तै पातिखोला किनारमा रहेका सयौ रोपनीमा रहेको धानखेती समेत खोलाले बगरमा परिणत गरेको छ । बाजुङ ज्यामिरेमा समेत घर खोलाको विचमा राखेर पातिखोला दुई छेउबाट बगेको खबर छ । पातिखोला खासपासका खेत गत बर्षदेखिनै खोलाले कटान गर्दै आइरहेको थियो ।

मानबहादुर पौडेललेको तोरी पेल्ने मेल खोलाले बगाएको र अन्य मेललाई डोरी लगाएर राखिएको बुझिएको छ । बाजुङ पातिचौरमा रहेका मनबहादुर पौडेल सहित तीन जनाको घर खतरामा रहेको बुझिएको छ । 

अहिले प्रहरी र नेपाली सेना उक्त क्षेत्रमा अनुगमन तथा उद्धार कार्यको लागि गएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाढी पसेपछि देउराली गाबिस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला विद्युत केन्द्रमा पनि क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या