भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्य"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक्काइस जना श्रमिक बालबालिकाको उद्धार

२०७३, २३ भाद्र बिहीबार ०८:०२

भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । 


बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्युसिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभएको छ । 


बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत तुलसीपुर नगरपालिका र न्युसिपिसीको संयुक्त साझेदारीमा उनीहरुलाई उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो । 


आज एक कार्यक्रमको आयोजना गरी उद्धार गरिएका बालबालिकालाई विद्यालय पठाउन किताब, कापी, कलम, झोला, स्कुल पोसाक उपलब्ध गराउनुका साथै प्रतिपरिवार रु आठ हजारका दरले आर्थिक रकम पनि प्रदान गरिएको छ । उक्त रकम बालबालिकाका अभिभावकले आयआर्जनमुखी काममा लगाउने बताएको छ । 


प्राप्त गरेको पैसाले खुद्रा पसल, चार्ट पसल, बङ्गुरपालन, बाख्रापालनलगायतका आयआर्जनमुखी काममा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो । 


यसवर्ष विभिन्नखाले श्रममा काम गरिरहेका ३५ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गर्ने लक्ष्य लिएको न्युसिपिसले पहिलो चरणमा बिहीबार २१ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते