२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीपीसी कलेजद्वारा रेस फर मधेस हाफ म्याराथोन सम्पन्न, उपाधि प्रिन्स मुखियालाई

७ फाल्गुन २०७२, शुक्रबार ०६:०२

फागुन ७, वीरगंज । रेस फर मधेस नामक हाफ म्याराथोन २०१६ दौड
प्रतियोगिता आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज पब्लिक कलेजले आयोजना गरेको सो दौड प्रतियोगिता आज
बिहान घण्टाघरबाट शुरु भई नगरको मुख्य चौकहरु माईस्थान , घरिअर्वा, आर्दशनगर, अलखिया मठ , बिर्ता मन्दिर
, गहवा ,घण्टाघर ,भारतीय दूतावास हुदै वीरगंज पब्लिक कलेजको नयाँ भवन मुर्ली वगैचामा गई समापन भएको थियो

parsa 1

कलेजका कार्यकारी निर्देशक एवं
प्रो. डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै समाजसेवी एवं गौतम
स्कुलका संचालक निमा लामाले अनुशासनमा बसी एवं लगनशिल भई अध्ययन गर्ने बिद्यार्थी जिवनमा सफल हुने
बताएका थिए । टोल ,छिमेक ,जिल्ला र राष्ट्रको नाम चिनाउन खेलले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै
लामाले सफल खेलाडी बन्न पनि अनुशासन र लगनशिलता अनिवार्य भएको बताए ।

साढे ३ किलो मिटरको हाफ म्याराथोन दौड प्रतियोगितामा छात्र तर्फ प्रथम प्रिन्स मुखिया,
द्वितिय राजेश महतो, तृतिय सुशानत मिश्रा, छात्रा तर्फ शिवागीं कार्की, द्वितिय कबिता यादव,तृतिय अनिता
थापा बिजयी भएका थिए । दौडमा बिजय खेलाडीहरुलाई प्रमुख अतिथी लामा एवं कलेजका निर्देशक शाक्यले संयुक्त
रुपमा पुरस्कार बितरण गरेका थिए ।

parsa 2

सो समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं
प्रवक्ता होमेन्द्र वोगटी,समाजसेवी उर्मिला लामा, होटल मकालुका डायरेक्टर मोहन प्रधान,बिपीसी कलेजका
क्याम्पस प्रमुख बिनय श्रेष्ठ,प्रध्यापक हरीरत्न तुलाधर,युगल प्रसाद साह,बासु कर्ण,कलेजका कोडिनेटर
अरबिन्द श्रेष्ठ ,कलेजका प्रशासन प्रमुख एवं कार्यक्रम संयोजक संकल्प शाक्य ,संघीय समावेसी मधेसी युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादव,सल्लाहकार ओमप्रकास सर्राफ ,बिद्यार्थी फोरम पर्साका अध्यक्ष यशवन्त
यादव,ठाराव ईकाई अध्यक्ष अमोद यादव,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको उपस्तिथी
रहेको थियो ।

parsa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’